कांग्रेसको चेतावनी, मुडभेडको राजनीति अन्त्य गर्नुस्

शुक्रबार, २२ असार २०७५, १३ : ३९ नागरिक

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णय उल्ट्याउने मन्त्रिपरिषद्को पछिल्लो निर्णय फिर्ता लिन सुझाव दिएको छ।

राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै समय माग गरेर नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले वर्तमान सरकारको गतिविधि र कामकारवाही प्रमुख प्रतिपक्ष दलसँग राजनीतिक मुठभेडतर्फ अग्रसर भएको देखिएको बताए।

उनले सरकारका यस्ताखाले गतिविधि लोकतन्त्रका लागि शुभसंकेत नभएको बताउँदै तत्कालीन देउवा सरकारले विधिको शासन र कानूनी राज्यको अवधारणाभित्रै रहेर नियुक्तिसम्बन्धी निर्णय गरेकाले राजनीतिक प्रतिशोधका हिसाबले उल्ट्याउने काम नगर्न आग्रह गरे।

सांसद देवले भने, “पुष्पलाल र मदन भण्डारीको सहकार्यको संस्कृतिलाई स्मरण गर्नुस्, लोकतन्त्रका लागि ठूलो योगदान दिने शक्तिबीचको मूठभेडले कसैलाई फाइदा गर्दैन। दम्भ र घमण्ड नपालौँ, नराखौँ, मुठभेडको राजनीतिक अन्त्य गरौँ।”

 







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad