coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सुनुवाइ समितिका लागि तीनजनाको नाम स्वीकृत

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाका तर्फबाट प्रतिनिधित्व गर्ने तीनजनाको नाम घोषणा गरेका छन्।

आजको बैठकको प्रारम्भमा उनले राष्ट्रियसभाका तर्फबाट उक्त समितिमा सुमनराज प्याकुरेल, नन्दा चपाई र जितेन्द्रनारायण देवले प्रतिनिधित्व गर्ने जानकारी गराएकोमा बैठकले उनीहरुको नाम स्वीकृत गरेको थियो।

पन्ध्र सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीनजना मनोनयन गर्ने प्रावधान छ। उक्त समितिमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहने छन्। रासस

प्रकाशित: २२ असार २०७५ ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App