coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अाज संसदीय सुनुवाइ समिति गठन हुँदै

काठमाडौं – आज बस्ने  प्रतिनिधिसभा बैठकबाट संसदीय सुनुवाइ विशेष समिति गठन हुने भएको छ। आज दिउसो १ बजे बस्ने बैठकबाट समिति गठन प्रक्रिया अघि बढाइने सभामुख कृष्ण बहादुर महराले बिहीबार नै सञ्चारकर्मी सामु बताइसकेका छन्।

संघीय संसदको नियमावली अभावका कारण लामो समयदेखि सुनुवाइ समिति गठन हुन सकेको थिएन। संघीय संसद्को संयुक्त नियमावली पारित भएको करीब दुई सातापछि समिति गठनको प्रक्रिया अघि बढाइएको हो।

१५ सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधि सभाका १२ जना सांसद रहनेछन्। यस्तै राष्ट्रिय सभाबाट ३ जना रहने छन्।

समितिका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुरेन्द्र पाण्डे, योगेश भट्टराई, पूर्णकुमारी सुवेदी, अमृता थापा, निरु पाल, पार्वत गुरुङ र शिवकुमार मण्डलको नाम सिफारिस गरेको छ। यस्तै, नेपाली कांग्रेसबाट संसदीय दलकी सचेतक पुष्पा भुसाल, नेता ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधानको नाम सिफारिस भएको छ भने भने संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठको नाम सिफारिस भएको छ। राष्ट्रिय जनता पार्टी नेपालले भने शुक्रबार नै नामावली उपलब्ध गराउने जनाएको छ।

सुनुवाइ समिति गठन भए सरकारलाई संवैधानिक पदहरूमा नियुक्तिको बाटो खुल्नेछ।

प्रकाशित: २२ असार २०७५ ०५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App