७ वैशाख २०८१ शुक्रबार
समाज

बालाजु क्षेत्रमा आज लोडसेडिङ हुने

काठमाडौं - बालाजु र त्यस आसपासका क्षेत्रमा आज बिहान ७ बजेदेखि साँझ ५ बाजेसम्म लोडसेडिङ हुने भएको छ।

पछिल्लो समय वितरण केन्द्रको क्षमता विस्तार, प्रसारण प्रणालीको सुधार तथा बढी भार परेका क्षेत्रमा सुधारको काम गर्दै आएको प्राधिकरणले उक्त क्षेत्रमा पनि सोही कामका लागि विद्युत कटौती हुने जनाएको छ।

वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशनअन्तर्गतका फिडरबाट आपूर्ति भइरहेका क्षेत्रमा विद्युत् कटौती गरिएको बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले बताए।

उनका अनुसार बालाजु–नागार्जुन फिडरअन्तर्गत जनजागृति टोल, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। बालाजु–धर्मस्थलीअन्तर्गत पुरानो गुह्श्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीसम्म पनि विद्युत् आपूर्ति बन्द हुनेछ।

प्रकाशित: २२ असार २०७५ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App