७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

थाइल्याण्डको गुफामा फसेकाकाे उद्धारमा खटिएका एकको मृत्यु

तस्विर : एजेन्सी

थाइल्याण्डको गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धारमा खटेका एकको मृत्यु भएको छ।

फसेका  बालक तथा उनका प्रशिक्षकलाई गुफाभित्र अत्यावश्यक सामान पुर्याएर फर्कदै गर्दा ३८ वर्षीय समन कुननको मृत्यु भएको हो ।  उनी गुफाभित्र फसेका बालकको उद्धारका लागि खटिएका थिए ।

उनी स्वेच्छाले उद्धारका लागि गएका  थिए । गुफाभित्र अक्सिजन पुर्याउनु गएका , उनी फर्कने बेलामा  अक्सिजन अपर्याप्तता कारण मरेका थिए ।

उत्तरी थाइल्याण्डमा रहेको एक गुफाभित्र १२ दिनदेखि १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक थुनिएका छन् । गुफाभित्र बाढीको पानी पसेपछि उनीहरु निस्कन सकेका छैनन् । उनीहरुलाई बाहिर निकाल्नका लागि उद्धार टोली खटिरहेको छ ।

 

 

प्रकाशित: २२ असार २०७५ ०४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App