७ वैशाख २०८१ शुक्रबार
राजनीति

आन्तरिक समस्या छिमेकीलाई सुनाउँदा आफ्नै बेइज्जत : नेता नेपाल

रौतहट- नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मुलुकको आन्तरिक समस्या छिमेकी राष्ट्र वा बाहिरी शक्ति समक्ष सुनाउँदा आफ्नै देशको बेइज्जती भईरहेको बताएका छन्।

रौतहट विकास गुठीको संयोजनमा जापान सरकारको आर्थिक सहयोगमा जिल्लाको गंगापिपरा बजारमा निर्माण भएको नेपाल जापान मैत्री सामुदायीक भवनको वुधवार उद्घाटन गर्दै नेता नेपालले आफ्नो आन्तिरीक समस्या आफ्नै घरमा बसेर समाधान गर्नुको साटो छिमेकीलाई सुनाएर आफ्नै वेइज्जती भइरहेकोले त्यस्ता कार्यहरु अविलम्ब बन्द गरी सहमती कायम गर्न तर्फ बर्तमान सरकार अघि बढ्नु पर्ने बताएका छन्।

जापान सरकारको ९७ लाख र जनश्रमदानबाट जुटाइएको झण्डै २४ लाख रुपैयाँ गरी कुल एक करोड एक्काइस लाख को लागतमा निर्माण भएको सामुदायीक भवनको नेता नेपाल र जापानी राजदुत मासासी ओगावाले सँयुक्त रुपमा उद्घाटन गरेका थिए।

छिमेकी देश भारत र चिनका राष्ट्रपति नेपाल भ्रमणमा आए हामीलाइ नै फाइदा हुने तर्क गर्दै नेता नेपालले चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण स्थगीत भएको खबर आउनु दुखद भएको बताए। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बारेमा आधिकारीक जानकारी आफूलाई नभएको बताउँदै नेता नेपालले भने “यदि भ्रमण रद्द भएको छ भने यसलाइ रद्द हुन नदिन सरकारले यथोचित पहल गर्न जरुरी छ।” चिन मात्रै नभएर भारतका राष्ट्रपतिको समेत नेपाल भ्रमण हुनु पर्ने र नेपाली राष्ट्रपतिको भारत भ्रमणका बारेमा पनि सरकारले चासो दिनु पर्ने बताए।

प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्ड भारत भ्रमणमा गएको बेला तराईको हुलाकी सडक, मध्य पहाडी लोकमार्ग लगायत विभिन्न विकास निर्माणलाई यथासम्भव चाँडो सम्पन्न गर्न गराउनका लागि भारतीय पक्षसंग कुरा राख्न आग्रह गरे।   

 

प्रकाशित: २२ भाद्र २०७३ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App