६ वैशाख २०८१ बिहीबार
अन्य

लोभलाग्दो खुवा

पाटनकी निर्मला लामा सबेरै उठेर मंगलबजार तिर लाग्छिन् । एउटा हातमा तराजु र ढक राखिएको झोला र अर्को हातमा खुवा राखिएको झोला बोकेर मंगल बजार जानु उनको दैनिकी नै हो।

पितलका मुत्र्ती बनाइने पसलको अगाडि नाङ्लोमा तिनवटा भाडालाई मिलाएर राखिएका थिए, भाडामा भरीभराउ थियो खुवा । हेर्दा निकै स्वादिलो देखिने खुवालाई  बाहिरको धुलोफोहोर बाट बचाइराख्न सेतो प्लास्टिकले मिलाएर छोपिएको थियो । खुवा प्याक गरेर दिने स–साना प्लास्टिकका थैली मिलाउनमा व्यस्त देखिन्थिन निर्मला लामा।

निर्मलाले खुवाको व्यापारु गर्न थालेको १२ बर्ष भैसकेको छ । दक्षिणकालीबाट खुवा ल्याएर व्यापार गर्दै आएकी लक्ष्मिको दिनचर्या खुवाको व्यापार गर्दै जाने गर्छ । गर्मी मौसममा भन्दा चिसो मौसममा खुवाको व्यापार राम्रो हुने उनी बताउछिन् । उनी भन्छिन्, ‘खुवा गर्मी समयमा छिटो बिग्रने गर्छ, चिसो मौसममा यसको व्यापार निकै राम्रो हुन्छ । ’ निर्मलाले एक किलो खुवाको ३ सय रुपैया बाट बेच्न सुरु गरेकी हुन् ।

समय परिवर्तन संगै हरेका समानको भाउ बढेको उनी बताउछिन् । उनी भन्छिन्,‘आज भन्दा १२ बर्ष अगाडि एउटा भैसीको ३० हजार रुपैया मुल्य पथ्र्यो, खुवाको उत्पादन राम्र्रो हुन्थ्यो, अहिले एउटै भैसीको डेर लाख पर्छ अनी महंगि हाल्ने भो नी ।’शहरबजारमा भैसी, गाई नपाल्ने, गाउदेखि मगाएर ल्याएर बेच्नु पर्ने उनी बताउछिन् । ‘अहिले खुवा खाने भनेको चाडबाडमा मात्रै हो, अघि पछि खासै खोज्ने छैनन् ।’ हातमा समातेको चक्कुले खुवालाई मिलाउदै उनले भनिन् ।खुवा, शुद्ध दुधबाट तयार पारिने खानेकुरा हो ।

दुधलाई धेरै समय लगाएर बाक्लो हुने समय सम्म पकाइन्छ । खुवामा दुधको स्वाद निकै  लोभ लाग्दो, मिठो हन्छ । चिसो मौसममा खान रुचाइने खुवालाई बिभिन्न तरिकाबाट खान सकिन्छ । दक्षिणकाली, काभ्रे, चाँपागाँउ लगायका ठाँउहरुबाट खुवा ल्याएर बेच्ने गरेको व्यापारी निर्मला लामा बताउँछिन् ।खुवालाई पर्व अनुसार बिभिन्न रुपमा प्रयोग गरिन्छ । शुद्ध दुधबाट बनाइएने हुनाले खुवालाई मन्दिर परिसरमा प्रसादको रुपमा बेचेको देख्न सक्छौ ।

पुल्चोकमा रहेको द भिलेज क्याफे नेवारी परिकारको लागि निकै परिचित छ, समय, मौसम र अवस्था नंया नया खानाका परिकार ग्रहाकमा ल्याउने गरेको पाइन्छ । नेवारी परिकारका नया नया खान चाख्ने पारखिहरुको भिड बढेको देख्न सकिन्छ । रेश्मा श्रेष्ठ द भिलेज क्याफेकी कर्मचारी हुन् । बिगत दुई बर्ष देखि कार्यरत उनी खुवामा बिशेष रुचाइएको परिकार मध्य यमरी प्रमुख रहेको उनी बताउछिन् । ‘अन्य समयमा भन्दा यमरी पुन्यमा खुवाको माग निकै बढेको पाइन्छ ।’

यमरी भन्ने बिक्तिकै तातो परिकार हो । खुवा राखेर तयार गरिएको यमरी पनि खाने गरेको उनी बताउँछिन् । द भिलेज क्याफेमा खुवाबाट यमरी, बर्फी, लालमोहन र डेजटको रुपमा खुवाको प्रयोग गरिने उनी बताउछिन् । उनी भन्छिन्,‘खुवाबाट बनाइएको परिकारहरु सबै रुचाइएको हुनाले हामीले खुवाबाट पुस्टकारी पनि बनाउने तरखरमा छौ ।’

पाटनकी यामु महर्जन खुवाबाट यमरी बनाउँछिन् । बजारबाट खुवा किनेर घरमा नै आवश्यक अनुसारको यमरी बनाउने उनी बताउछिन् । उनी भन्छिन्,‘बच्चाहरुलाई खुवाको यमरी खान मन पराउछन्, कहिलेकाहि घरमा नै खुवा लगेर यमरी बताउछु ।’ खुवा भएपछि मनलागेको समयमा खुवाबाट बनाइने परिकार खान सकिने उनी बताउछिन् ।  खुवाको यमरी मात्र नभएर खुवालाई यत्तिकै खाने गरेको उनी बताउछिन् । उनी भन्छिन्,‘सुत्केरीको समयमा खुवाबाट बनाइएको मसला खाएकी थिए, निकै स्वादिलो थियो ।’ चिसो मौसममा सुत्केरी भएका आमालाई खुवाबाट तयार पारिएको मसला खुवाए शरिरमा तागत आउने बिश्वास रहेको उनी बताउछिन् ।

खुवाका परिकारहरु
खुवा आफैमा पनि खान सकिन्छ । खुवा नै खाने र खुवा बाट अन्य खानाका परिकार बनाएर खाने प्रचलन निकै बढेको पाइन्छ । गुलीयोे स्वादमा रम्नेहरुको रोजाइमा परेको हुन्छ खुवाबाट बनाइने परिकारह । खुवालाई दैनिकी खानाको रुपमा प्रयोग गरिदैन् । पछिल्लो समयमा खुवालाई चाडपर्व, विवाह, पार्टी लगाएतका समारोहहरुमा डेजटको रुपमा खाने प्रचल निकै बिकास भएको पाइन्छ ।

खुवाको योमरी
नेवारी खानाको परिकारमा खुवाको योमरी निकै प्रसिद्ध  छ । चामलको पिठोबाट तयार पारिने योमरी हरेक समयमा खान सकिन्छ । बच्चा देखि पाकासम्म खुवा राखेर बनाइएको योमरीको पारखी भएको व्यापारी बताउछन् । प्रति गोटा ४० रुपैया पर्ने योमरी जुनै मौसम, समयमा बजारममा पाइन्छ । चाकु राखेर बनाइएको योमरी भन्दा खुवाको योमरीको माग राम्रो रहेको रेश्मा श्रेष्ठ बताउछिन् । उनी भन्छिन्, ‘चाडबाडमा त माग हुन्छ नै अघिपछि पनि खुवाको योमरीको माग राम्रो छ ।’

खुवा लालमोहन
मैदा, दूधको छेना, खुवा, बेकन पाउडरको समिश्रणलाई ध्युमा तारेर तयार पारिन्छ लालमोहन । खुवाबाट तयार भएको खैरो रंग लालमोहन विवाह, भोज, पार्टिमा डेर्जटको रुपमा निकै प्रयोग हुने व्यापारी बताउछन् । खुवाका पारखी र गुलीयो खान रुचाउने हरुको मनपर्ने खानाको रुपमा रहेको छ । बजारमा प्रतिगोटा लालमोहनको मुल्य रुपैया ४० रुपैया पर्ने व्यापारी बताउछन् ।

बर्फी
बर्फी एक प्रकारको मिठाई हो । बर्फी मन नपर्ने सायदै कम होलान् । सबैलाई बर्फि निकै मनपर्र्छ । बिभिन्न चाडपर्व, खुसी आदान प्रदानको माहोलमा बर्फीको प्रयोग गरिन्छ ।

थरीथरीका मिठाइहरुको भिडबाट बर्फी नै छानेर लाने र खानेको जमात निकै छ । शुद्ध खुवाबाट तयार पारिने बर्फी अन्य मिठाईका परिकार भन्दा महंगो रहेको व्यापारी बताउछन् । पुजाआजा, सगुन, प्रसादको रुपमा बर्फीको प्रयोग गरेको पाइन्छ ।

खुवाको मम
खुवाबाट बनाइने थरी थरीका परिकारहरु मध्य ममभ पनि निकै प्रचलीत भएको पाइन्छ । ओपन मःमःमा किमाको रुपमा राखेर तयार पारिन्छ ।

अन्य ममका परिकार संगै खुवा मम पनि लोकप्रिय रहेको बोतामा कार्यरत सगुन अर्याल बताउँछिन । उनी भन्छिन्, ‘खुवाको मःम अरु डिजाइन र सेपमा भन्दा ओपन मःम को डिजाइनमा निकै रुचाइएको छ ।’ अचेल खुवाको ओपन मःमः हरेकले रूचाउने लोकप्रिय मःमः भएको छ । सामान्यतः खुवा ओपन मःमःको मूल्य दुई सय १० रूपैयाँ पर्छ ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App