पुनर्निर्माण प्राधिकरण

पाँचौंपटक सिइओ फेरिँदै

शुक्रबार, २२ असार २०७५, ०८ : ०३ विष्णु तामाङ  | @tamang87

काठमाडौं - सरकारले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारबाट गरिएका राजनीतिक नियुक्ति खारेज गरेसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पाँचौंपटक नेतृत्व फेरिने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले गत भदौ १४ देखि फागुन ३ गतेसम्म गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयले पुनर्निर्माण प्राधिकरणका वर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाल पदमुक्त भएका छन् । यससँगै भूकम्पपछिको पुनर्निर्माणका लागि प्राधिकरण गठन भएको तीन वर्ष नबित्दै पाँचौंपटक सिइओ फेरिन लागेको हो ।

प्राधिकरणका तत्कालीन सिइओ गोविन्दराज पोखरेल पुनर्निर्माणको जिम्मेवारी छाडेर प्रतिनिधिसभाको चुनाव लड्न हिँडेपछि गत कात्तिक ६ गते देउवा सरकारले पूर्वसचिव भुसाललाई सिइओमा नियुक्त गरेको थियो ।

प्राधिकरण गठन भएको दुई वर्षमा तेस्रो सिइओ बनेका भुसालले करिब नौ महिना सिइओको जिम्मेवारी सम्हाल्न पाए । पूर्वसिइओ पोखरेलले पनि नौ महिना प्राधिकरणको नेतृत्व गरेका थिए । पोखरेलअघिका सिइओ सुशील ज्ञवालीले एक वर्ष सिइओको जिम्मेवारी सम्हालेका थिए ।

बर्तमान सिइओ भुसाल पदमुक्त भएसँगै नयाँ सिइओको चर्चा सुरु भएको छ । त्यसो त केपी ओली नेतृत्वको सरकार गठन भएसँगै सिइओ परिवर्तन हुने चर्चा चलेको थियो । हाल प्राधिकरणभित्रैबाट तीनजना सिइओ बन्ने दौडमा देखिएका छन् ।

यो दौडमा प्राधिकरणका कार्यकारी सदस्यहरू चन्द्रबहादुर श्रेष्ठ, हरिराम पराजुली र ध्रुबप्रसाद शर्माको नाम चर्चामा छ । प्राधिकरण गठन हुँदा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको कोटाबाट कार्यकारी सदस्य नियुक्त भएका तीनैजना हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकटका हुन् । श्रेष्ठ र शर्मा तत्कालीन नेकपा एमालेको तर्फबाट कार्यकारी सदस्य बनेका हुन् । पराजुली तत्कालीन माओवादी केन्द्रको कोटाबाट सदस्य बनेका थिए ।

उच्च स्रोतका अनुसार श्रेष्ठ, पराजुली र शर्माले केही महिनायता सिइओ बन्न राजनीतिक लबिङ गर्दै आएका छन् । उनीहरूले प्रधानमन्त्री ओलीलाई समेत भेटेर सिइओ बन्ने ‘इच्छा’ प्रकट गरिसकेको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार तत्कालीन एमाले निकट भएकाले प्रधानमन्त्री ओलीले श्रेष्ठलाई सिइओमा नियुक्त गर्ने सम्भावना बढी रहेको छ । नेकपाका नेता नारायणकाजी श्रेष्ठ निकट पराजुलीलाई पनि अर्का प्रमुख दाबेदारको रूपमा हेरिएको छ । उनले नेता श्रेष्ठमार्फत सिइओ नियुक्तिका लागि दबाब दिइरहेको स्रोतले जनाएको छ ।

हाल चर्चामा रहेका श्रेष्ठ, पराजुली र शर्माले पनि सिइओमा आफ्नो दाबेदारी रहेको स्वीकार गरेका छन् । नागरिकसँग टेलिफोनमा कुरा गर्दै उनीहरूले प्राधिकरणमा साढे दुई वर्षदेखि काम गर्दै आएको अनुभवका कारण नेतृत्व पाउनुपर्ने आ–आफ्नो दाबेदारी प्रस्तुत गरे । तर, चर्चामा रहेका तीन जनाबाहेक बाहिरका व्यक्तिसमेत सिइओमा नियुक्त हुने सम्भावना रहेको उच्च स्रोतले बताएको छ । ‘अहिलेसम्म तीन जना कार्यकारी सदस्यबाट सिइओ बनाउनका लागि प्रधानमन्त्रीसमक्ष लबिङ गरिरहेका छन्,’ स्रोतले भन्यो, ‘प्राधिकरण बुझेका र पुनर्निर्माणको बारेमा अनुभव भइसकेका यी तीन मध्येबाटै सिइओ नियुक्त हुने सम्भावना भएपनि निश्चित छैन । प्राधिकरण बाहिरबाटै कसैलाई जिम्मेवारी दिन पनि सक्छ ।’

परामर्श परिषद्को बैठक बिथोलियो

पुनर्निर्माण प्राधिकरणको परामर्श परिषद्को बैठक बिहीबारका लागि तय गरिएको थियो । प्रधानमन्त्री अध्यक्ष रहेको समितिको बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यक्रम थियो । तर, बुधबार साँझको मन्त्रीपरिषद् बैठकको निर्णयपछि उक्त बैठक बिथोलिन पुगेको छ ।

पूर्वनिर्धारित बैठकको तयारीका लागि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाल बिहान साढे आठ बजे नै बालुवाटार पुगेका थिए । भुसालले बालुवाटार पुगेपछि मात्र आफ्नो नियुक्ति खारेजीमा परेको थाहा पाए । ‘बुधबार बैठककै तयारीका लागि व्यस्त भएकोले विहानसम्म पनि मन्त्रीपरिषद्को निर्णयबारे जानकारी थिएन,’ भुसालले नागरिकसँग भने, ‘पूर्वनिर्धारित बैठकको लागि बालुवाटार पुगेपछि मात्र थाहा भयो ।’

प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमार्फत आफूले उक्त जानकारी पाएको सिइओ भुसालले बताए । ‘स्वकीय सचिव राजेश बज्राचार्यले तपाईं पनि सरकारको खारेजी निर्णयमा पर्नुभएको छ, अब बैठक के गर्ने भन्नुभयो,’ उनले भने, ‘सरकारको ‘ब्ल्यांकेट’ निर्णयमा म पनि परेछु । तत्कालै अर्को नियुक्ति गरेर बैठक सुचारु गर्न सम्भव छैन । आजको बैठक स्थगित गरौं भनेँ ।’

त्यसपछि प्रधानमन्त्री ओलीसँग पाँच मिनेट कुराकानी गरेर आफू फर्किएको उनले बताए । ‘प्रधानमन्त्रीले तपाईं पनि खारेजीमा परेको ख्यालै भएन भन्नुभयो । उहाँलाई मेरो नियुक्ति भदौ १४ अघि नै भएको होला भन्ने लागेको रहेछ ।

राष्ट्रका लागि फेरि योगदान गर्नुपर्छ भन्नुभयो,’ भुसालले भने, ‘मैले प्रधानमन्त्रीलाई करिब पाँच महिना काम गर्ने अवसर दिनुभएकोमा आभार व्यक्त गरें ।’








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad