छाउगोठमा बलात्कार प्रकरण : सँगै सुतेकी साथीकै मिलेमताेमा घटना

बिहिबार, २१ असार २०७५, २१ : १४ नगेन्द्र उपाध्याय

सुर्खेत– महिनावारी हुँदा बस्ने छाउगोठमा भएको सामुहिक बलात्कार प्रकरणमा पीडितसँगै सुतेकी युवती पक्राउ परेकी छन्। प्रहरीका अनुसार स्थानीय १६ वर्षीया निर्मला शर्माकै योजना र मिलेमतोमा ति युवतीमाथि सामूहिक बलात्कार भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर रेग्मीले निर्मलालाई मंगलबार पक्राउ गरिएको जानकारी दिए। 

‘निर्मला महिनावारी भएकाले पीडित युवती उनको साथी बस्न छाउगोठमा गएकी हुन्’ प्रहरी निरीक्षक रेग्मीले भने, ‘अहिलेसम्मको अनुसन्धानबाट निर्मलाकै योजनामा उनीमाथि सामूहिक बलात्कार भएको पाइएको छ।’

प्रहरीका अनुसार राति साढे १० बजेतिर निर्मलाका कान्छो बुवाको छोरा जनक शर्मा, चेतन गिरी र पदम गिरी छाउगोठमा आएका थिए। त्यतिबेला पीडित युवती सुतेकी थिइन्। निर्मला पदमसँग बाहिर निस्किन्। जनक र चेतनले सुरुमा बलात्कार गरे। 

‘निर्मला, उनका दाई जनक, चेतन र पदमसमेतको संलग्नता, मिलेमत्तो  र योजनामा बलात्कार घटना भएको पाइएको छ’ प्रवक्ता शर्माले भने, ‘हामीले सोही अनुसार जाहेरी लिएर अनुन्धान प्रक्रिया अघाडि बढाएका छौं।’

प्रहरीका अनुसार छाउगोठ निर्मलाको घरदेखि १० मिटर टाढा छ। पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–६ मा आइतबार राति १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको थियो। प्रहरीका अनुसार पीडित किशोरीको यौनाङ्ग च्यातिएको छ। उनको अस्पतालमा उपचार भइरहेको छ।






यसमा तपाईको मत

अन्य समाचार

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

कटारीमा यामाहाको नयाँ सोरुम

कटारीमा यामाहाको नयाँ सोरुम

सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ...

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । ...

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

Ncell Footer Ad