नेकपाको नियमावलीलाई सचिवालयले टुङ्गो लगाउने

बिहिबार, २१ असार २०७५, २० : ४७ नागरिक

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आजको स्थायी कमिटी बैठकले पार्टीको नियमावलीमा प्राप्त सुझाव समेटेर अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिएको छ। 

पार्टी एकतापछि विहीबार बसेको स्थायी कमिटी दोस्रो बैठकमा पार्टीका मातहत र जनसंगठनका कमिटी तथा पदाधिकारी संख्या र समावेशिताका बारेमा सुझाव प्राप्त भएको र त्यसलाई ध्यान दिएर सचिवालय बैठकले टुङ्गो लगाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। स्थायी कमिटी ४५ सदस्यीय छ। 

उनले सचिवालयको बैठक छिट्टै बस्ने बताउँदै नियमावली पारित भएपछि मातहतको संगठनबीच एकता कार्य हुने जानकारी दिए। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो। एकता घोषणामा तीन महिनाभित्र सबै जिल्ला र जनसंगठन र मातहतका कमिटीको एकता गरिने जनाइएको थियो। 

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता सम्मिलित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले समसामयिक राजनीतिक स्थिति तथा आफ्नो हालैको चीन भ्रमणका उपलब्धिबारे अवगत गराएका थिए।

प्रधानमन्त्री ओलीले चीन र भारतका भ्रमणबाट ती मुलुकसँग नेपालको स्वतन्त्र परराष्ट्र नीतिका आधारमा राम्रो र प्रभावकारी सम्बन्ध विकास भएको तथा आपसी हितमा सम्झौता भएको बताएका थिए। 

तीनै तहका सरकारको समग्र समीक्षा गरी कामलाई प्रभावकारी बनाउने बारेमा स्थायी कमिटीको अलग्गै बैठकसमेत तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।








यसमा तपाईको मत

अन्य समाचार

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

एनआइसी एसिया बैंकको पिओएस सेवा सुरु

एनआइसी एसिया बैंकको पिओएस सेवा सुरु

प्राविधिक कारणले अन्य बैंकको एटिएम र पिओएस मेसिनमा नचल्ने एनआइसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड पुनः सबै बैंकको एटिएम...

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

Ncell Footer Ad