coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डा. केसीको पक्षमा  नेपालगन्जका युवाको प्रर्दशन

नेपालगन्ज– प्राध्यापक डा. गोविन्द केसीको मागप्रति हाम्रो ऐक्यवद्धता जनाउँदै नेपालगन्जमा प्रदर्शन गरिएको छ। विभिन्न पेशा र व्यवसायमा आवद्ध युवाले बिहीबार स्वतःस्र्फुत रुपमा प्रदर्शनसहित कोणसभा गरेका हुन्। 

स्थानीय धम्बोझी चोकमा आयोजित कोण सभालाई सामाजिक अभियन्ता नमस्कार शाह र चिरन्जिवी शर्माले डा. केसीले उठाएका माग आम नेपाली नागरिकको पक्षमा रहेको भन्दै सरकारले तत्काल सम्बोधन गरेर अनशन मुक्त गर्नुपर्ने बताए। ‘डा. गोविन्द केसीले दुर्गम जनताका छोराछोरीले दुर्गममै डाक्टर पढ्न पाउनुपर्छ भनेर के अपराध गरे ?’ उनीहरुले सरकारलाई प्रश्न गर्दै भने। 

अनशन बस्न कर्णाली प्रदेशको जुम्ला पुगेका डा. केसीमाथी सरकारको आदेशमा स्थानीय प्रहरी प्रशासनले गरेको ज्यादतीको निन्दा एवम् भत्र्सना गरे। सरकारले डा. केसीको जीवन रक्षा गर्नुपर्ने माग गरे। सो क्रममा उनीहरुले विभिन्न नारा लेखिएको ब्यानर तथा प्लेकार्ड प्रर्दशन गरेका थिए। प्राध्यापक डा. केसीले नागरिकको अधिकार प्राप्तीको लागि गरेको सत्याग्रहप्रति सरकारले ख्याल, ठ्ट्टा गर्न नहुने उनीहरुले बताए। 

डा. केसीको माग सम्बोधन गर्नुपर्नेमा सरकारका मन्त्रीले उल्टै अपमानजनक अभिव्यक्ती दिइरहेका छन्। मन्त्रीले दिएको अभिव्यक्तिको नागरिक स्तरबाट समेत आलोचना हुने गरेको छ। गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा जवाफ दिँदै डा. केसीको अनशन लोकतन्त्रको नाममा अधिनायकवाद भएको टिप्पणी गरेका थिए।

प्रकाशित: २१ असार २०७५ १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App