coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल फोटो कन्टेस्ट : यी हुन् यसवर्षका विजेता तस्बिर

काठमाडौं– फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन्। श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउँदै गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर घोषित भएको छ।

यी हुन् वर्षका विजेता तस्बिर 

दिपेन्द्र रोक्काको फोटो जसले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो।

#experienceNepal कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठकाे फाेटाे विजयी भयाे।

अंगद ढकालले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जिते ।

आईएमएस डेली लाइफ विधामा सुनिता डंगोलकाे फाेटाे विजेता बन्याे।

नेपाल टेलिकम नेचर एण्ड वाइल्ड लाइफमा श्रीराम खत्रीकाे फाेटाेले जित्याे।

डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले जिते ।

आईएमएस डेली लाइफमा दोस्रो भएकाे दुर्गा राना मगरको फोटो । 

अर्घाखाची सिमेन्ट न्युज बिधामा संजोग मानन्धरको फोटो दोस्रो भएकाे छ।

नेपाल टेलिकम नेचर एण्ड वाइल्ड लाइफमा उम्मिद शाक्यको फोटो दाेस्राे भएकाे छ।

हेमन्त श्रेष्ठको फोटो नेचर एण्ड वाइल्डमा तेस्रो भयो। 

#experienceNepal ‘कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठको फोटो उपविजेता बन्याे।

अजय मानन्धरको फोटो #experienceNepal ‘कल्चर एण्ड टुरिजममा तेस्रो भयो।

डिसहोम एक्सन स्पोर्टसमा रविक उपाध्यायको फोटो दोस्रो भयाे।

उज्वल चन्द्र बुद्धाचार्यको फोटो एक्सन स्पोर्टसमा तेस्रो भयो।

शिखर इन्स्योरेन्स नेपाल स्माईलमा नरेन्द्र श्रेष्ठको फोटो दोस्रो भयाे।

सुरज श्रेष्ठको फोटो नेपाल स्माईलमा तेस्रो भयो।

न्युज क्याटागोरी तर्फ स्कन्ध गौतमको तस्बिर तेस्रो भयो।

आईएमएस डेली लाइफमा केशव थापाको फोटो तेस्रो भयो। 

प्रकाशित: २१ असार २०७५ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App