coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संघीयता विरोधी जनमोर्चा भन्छ : हामी राज्य पुनर्संरचनाको जननी हौँ

पोखरा– राष्ट्रिय जनमोर्चाले प्रदेशसभाको पहिलो बैठकमा नै संघीयताको विरोध गरेको थियो। माघ २२ गतेको पहिलो बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले संघीयता आवश्यक नरहेको प्रतिक्रिया दिएका थिए।

तर, विहीबारको प्रदेशसभा बैठकमा भने उनले राज्य पुनर्संरचना र नामाकरणको जननी नै राजमो रहेको प्रतिक्रिया दिए।

प्रदेशको नामको विषयमा बैठक चलिरहेको थियो, सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना शर्माले थापालाई बोल्ने अनुमति दिएपछि रोष्टममा गएर उनले भने, ‘२०६४ सालतिर नै राष्ट्रिय जनमोर्चाले सात प्रदेश हुनुपर्ने र ती प्रदेशको नाम पनि तोकिसकेको थियो, हामीले प्रदेश ४ को नाम गण्डकी हुनुपर्छ भनेका थियौँ र अहिले त्यही विषयमा छलफल भइरहेको छ, हामी राज्य पुनर्संरचना र नामाकरणको जननी हौँ।’

प्रदेशको नाम राख्दा जातीय आधारमा गर्न नहुने उनले प्रतिक्रिया दिए। ‘नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक हो, जाती र धर्मलाई प्रश्रय दिँदा मुलुक रुवाण्डा जस्तो हुन सक्छ, हामीलाई जातीय रगतले लेखिएको ईतिहास आवश्यक छैन्, देशमा जातीय संघीयता आवश्यक छैन्।’

प्रकाशित: २१ असार २०७५ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App