coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी राष्ट्रपति पुटिनको कार दुर्घटना, चालकको मृत्यु (भिडियाे)

मस्को— रुसी राष्ट्रपति भ्लादमिर पुटिनको कार दुर्घटना हुदाँ उनका चालको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

राजधानी मस्कोको अति व्यस्त सडकमा राष्ट्रपतिको बीएमयब्ल्यु कारविपरीत दिशाबाट आएको अर्को कारसँग जुध्दा दुर्घटनाग्रस्त भएको र उक्त कारमा रहेका चालकको घटनास्थलमै मृत्यु भएको रुसी अधिकारीले जनाएका छन्। उनीहरुले उक्त कारमा राष्ट्रपति पुटिन भने नरहेको जनाएका छन्।

उक्त कार चालकको भने नाम खुलाइएको छैन। तर उनी विगत चार दशकदेखि सरकारी चालकका रुपमा कार्यरत रहेको र राष्ट्रपति पुटिनका निकै प्रिय चालक रहेको रुसी अधिकारीहरुले जनाएका छन्। उक्त कारसँग ठोक्किने अर्काे कारका चालकलाई अस्पताल लगिएको र उनको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ।
यस घटनाबारे थप अनुसन्धान भैरहेको रुसी प्रहरीले जनाएको छ।

भिडियाे

प्रकाशित: २२ भाद्र २०७३ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App