७ वैशाख २०८१ शुक्रबार
समाज

नागरिककर्मी रोक्का र रायमाझी पुरस्कृत

काठमाडौं– नागरिककर्मी दिपेन्द्र रोक्का र प्रतिक रायमाझी पुरस्कृत भएका छन्। फोटो पत्रकार क्लबद्वारा विहीबार आयोजित छैठौं संस्करणको ‘नेपाल फोटो कन्टेस्ट २०७५’ मा रोक्का र रायमाझी पुरस्कृत भएका हुन्। प्रतियोगितामा रोक्का नेपाल स्माइल्सतर्फ पहिलो भए भने रायमाझीले एक्सन स्पोर्टस विधामा पहिलो स्थान हात पारे। दुबैले ३०/३० हजार पुरस्कार पाए।  

त्यस्तै, फोटो अफ द इयरको उपाधि नरेन्द्र श्रेष्ठले जिते। गत वर्ष तराईमा आएको बाढीमा मृत्यु भएका बालकको शव गाड्न जमिन नभेटाउँदा अभिभावकले सप्तकोशी नदीमा बगाएको तस्बिर श्रेष्ठले खिचेको थिए। जुन संसारभर भाइरल भएको थियो। श्रेष्ठले पुरस्कारवापत १ लाख रुपैयाँ पाए। समारोहमा बोल्दै उनले सो रकमको ७० प्रतिशत पीडित सदा परिवार र बाँकी ३० प्रतिशत भर्खरै निधन भएका पत्रकार यादवको परिवारलाई दिने घोषणा गरे।

प्रतियोगितामा नचुरल एण्ड वाइल्ड लाइफतर्फ श्रीराम खत्री पहिलो, उमिद शाक्य दोस्रो, हेमन्त श्रेष्ठ तेस्रो भए। उनीहरुले क्रमश ३०, २० र १० हजार प्राप्त गरे। 

नेपाल स्माइल्सतर्फ नागरिककर्मी रोक्का पहिलो भए। नरेन्द्र श्रेष्ठ दोस्रो र सुरज श्रेष्ठ तेस्रो भए। एक्सन स्पोर्टसतर्फ नागरिककर्मी रायमाझी पहिलो, रविक उपाध्याय दोस्रो, उज्जवचन्द्र बर्जाचार्य तेस्रो भए। 

फोटो स्टोरीतर्फ मनीष पौडेल पहिलो, हेमन्त श्रेष्ठ दोस्रो र नरेन्द्र श्रेष्ठ तेस्रो भए। डेली लाइफतर्फ सुनिता डंगोल पहिलो, दुर्गा रानामगर दोस्रो र केशव थापा तेस्रो भए।

न्युज क्याटागोरी अंगद ढकालले प्रथम पुरस्कार ३० हजार प्राप्त गरे। दोस्रो पुरस्कार २० हजार सञ्जोग मानन्धरले र स्कन्ध गौतमले तेस्रो पुरस्कार १० हजार पाए।

कल्चरल एण्ड टुरिजम तर्फ किरण श्रेष्ठ पहिलो भए। दिनेश श्रेष्ठ दोस्रो तथा तेस्रो अजय मानन्धर भए। विजेतालाई सञ्चारमन्त्री गोकुल बास्कोटा लगायतले पुरस्कृत गरे। 

प्रकाशित: २१ असार २०७५ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App