७ वैशाख २०८१ शुक्रबार
समाज

डा.केसीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस सांसदहरु जुम्लामा

डा. केसीकाे आइसियूमा उपचार हुँदै।

जुम्ला - नेपाली कांग्रेसका सांसदहरुले जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

विहीबार दिउँसो करिब साढे १ बजे केसी अनशनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पुगेका नेपाली कांग्रेसका दिनबन्धु पोख्रेल, प्रकास स्नेही र रङ्गमती शाहीले केसीको स्वास्थ्य अवस्थाबारे डा. प्रविन कुमार गिरीसँग जानकारी लिएका हुन्। सांसदहरुको टोलीले स्थानीय प्रशासनलाई समेत केसीको स्वास्थ्य अवस्थाबारे गम्भीर बन्न आग्रह गर्दै डा. केसीले उठाएका मागका सम्बन्धमा एक्यबद्धता जनाउन सम्पुर्ण पक्षमा अपिल गरेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुधबारकाे संसदीय दलकाे बैठक मार्फत जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको थियाे।

केसीको उपचारमा डा. गिरी सहितको टोली खटिएको छ। ६ दिनदेखि आमरण अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि आइसियूमा राखि उपचार थालिएको हो।

प्रकाशित: २१ असार २०७५ १०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App