८ वैशाख २०८१ शनिबार
समाज

माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका अधिकारकर्मी पक्राउ

 काठमाडाैं - अनसनरत डा गोविन्द केसी र गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारले निषेधित क्षेत्र घोषणा गरेको स्थानमा प्रदर्शन गरेको भन्दै प्रहरीले अधिकारकर्मी चरण प्रसाईं, इन्द्र अर्याल लगायतलाई पक्राउ गरेको हो ।

प्रदर्शनकारीहरुले निषेधित क्षेत्र हटाउनुपर्ने, डा. गोविन्द केसी र गंगामाया अधिकारीका माग पूरा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई महानगरीय प्रहरी प्रभाग सिंहदबारमा राखिएको छ । पक्राउ परेकाहरुले सरकारले नागरिकका अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनीहरुले अनसनरत डा. केसी र गंगामायाका माग तत्काल सम्बोधन गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रकाशित: २१ असार २०७५ ०५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App