८ वैशाख २०८१ शनिबार
समाज

सर्पदंशबाट यो बर्ष अहिलेसम्म नौ जनाको मृत्यु

नेपालगञ्ज- नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा यस वर्षको अहिलेसम्म सर्पदंशबाट नौ जनाको मृत्यु भएको छ ।

सो अस्पतालमा गत वर्ष दुईजनाको मात्रै सर्पदंशबाट मृत्यु भएकोमा यो वर्षको अहिलेसम्म बढेर नौ पुगेको अस्पतालले जनाएको छ । वर्षा शुरु भएयता दैनिक ८-१० जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निमित्त प्रमुख डा कृष्णप्रसाद आचार्यले बताए ।

ढिला गरी उपचारमा आउने गरेका कारण मृत्यु हुनेको संख्या बढेको अस्पतालले जनाएको छ । सो अस्पतालमा प्रदेश ५ को बाँके, बर्दिया, दाङ, पश्चिम रुकुम र प्यूठानका साथै कर्णाली प्रदेश र प्रदेश नं ७ बाट समेत सर्पदंश भएका उपचारका लागि आउने गरेका छन् ।

अस्पतालले सर्पदंशको उपचारमा प्रयोग हुने ‘एन्टिभेनम’ औषधि निःशुल्क उपलब्ध गराउँदै आएको अस्पताल प्रमुख डा आचार्यले बताए ।
 

प्रकाशित: २१ असार २०७५ ०५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App