coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोका कारण पोखरा-बागलुङ सडक अवरुद्ध

फलेवास- गएरातीदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ।

सडक खण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५, भ्याप्लेखोलामा सडक माथिबाट आएको पहिरोले पुरिँदा राती १ बजेदेखिनै सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध भएपछि धौलागिरिका चार जिल्लाका लागि मुलुकका विभिन्न ठाउँबाट आएका सवारीसाधन डिमुवामा रोकिएका छन् भने धौलागिरिबाट छुटेका बिहानी सेवाका छोटो तथा लामो दूरीका सवारीसाधन आम्वोटमा अलपत्र परेका छन् ।

सडक खुलाउनका लागि डोजर र एस्काभेटर बोलाएर परिचालन गर्ने तयारी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्वतले जनाएको छ।

ट्राफिक प्रहरीका निमित्त प्रमुख काशीनाथ चौधरीका अनुसार डिमुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र डोजर लगाएर सडक खुलाउने प्रयास गरिएको भएपनि वर्षा नरोकिएकाले तत्काल खुल्ने सम्भावना नरहेको जानकारी दिए ।रासस

प्रकाशित: २१ असार २०७५ ०४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App