सञ्जाल कि शौचालय ?

बिहिबार, २१ असार २०७५, ०८ : ५२ राजेन्द्र थापा

संसारलाई डिजिटल सञ्जालले फेसबुक, ट्विटर, अनलाइन आदिका रूपमा आपसी वैचारिक अभिव्यक्ति तथा सूचना अवागमनको यस्तो सुविधा दियो कि विश्वभर मानिसका बीचमा कुनै स्पेस या दुरी नै रहेन । स्पेस मात्र विलीन भएन टाइमसमेत विलीन भयो ।

अर्थात् विचार सूचना प्रवाहमा लाग्ने समयसमेत विलीन भयो । अन्य समाजका लागि यो वरदान भए पनि नेपालका लागि अभिशाप बनिसक्यो सामाजिक सञ्जाल तथा डिजिटल सञ्चार । नेपाली समाजमा यो यसरी लिइयो कि मानौँ यो सामाजिक सञ्जाल तथा डिजिटल सञ्चार सार्वजनिक शौचालय हो, जसभित्र पसेर जे गरे पनि हुन्छ, जे बोले पनि हुन्छ, जसमाथि जसरी पनि शौच गरे हुन्छ, बिस्ट्याए हुन्छ, चिथरे हुन्छ, नंग्याए हुन्छ, बलात्कारे हुन्छ, लछारे हुन्छ, जिम्दोको चिता जलाए हुन्छ । अर्थात् जे गरे पनि हुन्छ । फरक पर्दैन ।

 मोबाइल थिच्दा आपैmँसँग वार्तालाप गरिरहेको भए पनि यो थिचिएपछि अखबारमा छापिएजस्तै सार्वजनिक हुन्छ । तर अखबार केही हजार लाखका घरमा पुगे पनि, यो सञ्जाल भने विश्वभर करोडका वालमा तत्कालै खोपिन्छ भन्ने अलिकति पनि संकोच र भय नहुनु नै यसको मुख्य कारण हो । अखबारमा छापिनुअघि नै अनुगमन र नियन्त्रणका विविध चरण र ब्रेकहरू हुन्छन् भने रेडियोहरूमा पनि कम्पनीका प्रस्ट गाइडलाइनहरू हुने हुँदा सार्वजनिक भई जनसामु पुग्दा कुनै न कुनै तरिकाले नियमन र नियन्त्रणमा रहन्छन् भन्ने मानेरै सञ्चार सञ्जालले यस आधुनिक विश्वमा हरेक राज्यको चौथो अंगको सम्मानित संज्ञा पाएको हो ।

परन्तु अचानक प्राप्त हुन आएको डिजिटल सामाजिक सञ्जाल भने कुन अंग ? शौचालयमा जस्तो जथाभावी जे मन लाग्यो, जहाँसुकै फाल्न पाइने यो के हो ? शौचालयमा समेत कुन ठाउँमा के कसरी फाल्ने त्यसको निश्चितता हुन्छ । तर सामाजिक सञ्जालमा भने जे लेखे पनि हुने, जस्तो फोटो हाले पनि हुने, जल्लाई मुक्याए पनि हुने, झुक्याए पनि हुने, तुक्र्याए पनि हुने । जस्तो हिंसा या हिंस्रक या अन्य कुरा या तस्बिर भिडियो हाले पनि हुने, जिम्दोलाई चितामा देखाए हुने, रिप ठोक्दे हुने ।फोटोसपबाट कसैका शरीरमा कसैका टाउका जोडे हुने  । कुनै डर, चेत, संस्कार, विधि, नैतिकता, नियम, मर्यादा केही लागू नहुने यो मानसिक विकृत स्थितिमा आम मानिस किन पुगिरहेको छ ? किनभने कुनै बाटो नकोरिदिएपछि जहाँबाट पनि हिँड्न सक्ने मनपरी स्टाइल नेपालीको जन्मजात गुण हो।

 निश्चितरूपमा संसारभर आएको यो सुविधा आमजनकै लागि हो । त्यसैले सामाजिक सञ्जाल भनिएको हो । जब सामाजिक शब्द प्रयोग गरिएको छ, यसको अर्थ यसमा गरिनुपर्ने व्यवहार पनि ठीक त्यही हुन आवश्यक छ जुन हामी हाम्रो घरभित्र, गाउँ–टोलभित्र तथा सार्वजनिक रूपमा गर्न पाउछौँ । तर यस सञ्जालमा भने मानिसहरूले शौचालयमा समेत गर्न नपाइने, दासलाई समेत भन्न नसकिने, पतिपत्नीबीच पनि भन्न असहज हुने, एकान्तमा पनि गर्न आपैmँलाई लाज हुने या कुकुरलाई समेत नगरिने गाली, आतंक, हत्याका धम्की, आचरणमाथि प्रहार, नारीका इज्जत तथा अस्मितामाथि अकल्पनीय प्रहार आदिका मात्रा बढ्दै गएको छ ।

 हर मानिस एकान्तमा अश्लील हुन्छ, अमर्यादित हुन्छ, निरंकुश र अराजक हुन्छ । तर अरूका सामु त्यही मान्छे ठीक उल्टा हुन्छ । किनभने उसमा सामाजिक अंकुश र राज्यको कानुनको सुइरो घुमिरहेको चेत हुन्छ । ठीक त्यसरी नै अन्य मुलुकमा सामाजिक सञ्जालमा मान्छे सामाजिक तथा कानुनसम्मत व्यवहार मात्र गर्छ किनभने त्यो देशमा साइबर कानुन स्वचालित र कडा हुन्छ । त्यहाँ सदैव सम्बन्धित संयन्त्र र व्यवस्थाको डिजिटल निगरानी हुन्छ । साथै पीडित या अन्य कसैले पनि शीघ्रता शीघ्र सहज तरिकाले घर बसी बसी जानकारी गराई कारबाही गर्न गराउन सक्छ । दोषीमाथि कारबाही हुन्छ, जेल पठाइन्छ, करोडौँ तिराइन्छ।

भारतीय गृहमन्त्रीमाथि कुनै साधारण नागरिकले गरेको अभद्र ट्विटलाई दिल्लीका मुख्यमन्त्री केजरीवालले गरेका रिट्विटका कारण मानहानि भयो भनी सर्वोच्चमा राजनारायणले गरेको करोडौँको क्षतिपूर्तिका मागका मुद्दामा केजरीवालले गत डेढ वर्ष अघिसम्म वकिल जेठमलानीको फिस मात्र करिब दुई करोड दिल्ही सरकारी कोषबाट तिरेको अर्को छानबिन सिबिआईमा भइरहेको छ । खाली रिट्विट मात्र केजरीवालको ! परन्तु यहाँ जसले जहाँ पनि जहिले पनि जे गरे नि चल्छ । साइबर पुलिस, प्रेस काउन्सिल, गृह तथा सञ्चार प्रशासनिक संयन्त्र चिरनिद्रामा छ वा छँदै छैन या कोमामा छ।

 ग्ल्यामरस जगत्का महिला कलाकारहरूको त दोहोलो छ । एक्लै पनि बोल्न नसकिने अश्लील फोहोर गालीगलौज हुँदा पनि प्रहरी कुम्भकर्ण । प्रियंका कार्की, ज्योति मगर, सरस्वती लामालगायत अनेकानेक सेलेब्रेटीहरूमाथि अकल्पनीय असामजिक गाली बौछार गर्दा सरकारी संयन्त्र मौन रहेकै कारण राष्ट्रपति विद्या भण्डारीमाथि सोच्नै नसकिने अश्लील टिप्पणी भयो । तब भने अचानक सरकार उठ्यो, विदेशबाट डिपोर्टेड गरायो, जेल हाल्यो र फेरि अन्यका लागि भने बन्द गर्ने चासो लिएन । मानौँ, विद्या भण्डारीबाहेक अन्य महिलाको अस्मिता र मान सम्मानै हुँदैन।

 फेसबुक, ट्विटर त व्यक्ति मात्र भएकाले नगरपालिकाको शौचालय बन्यो रे । तर अनलाइनहरू त व्यक्ति होइनन् । माधव घिमिरे, अम्बर गुरुङ, उपेन्द्र देवकोटाहरूले आफ्नो मृत्युको खबर अनलाइनबाटै सुनेका हुुन् । लाखौँले रिप ठोके सञ्जालमा हतारहतार । आकर्षक तर अतिरञ्जित टाउका राखेर समाचार बनाउने त साधारण भयो । साथै कल्पना गर्न नसकिने असामाजिक सेक्स कथाहरू बनाइरहेका अवस्था बेग्लै छ । बाबु छोरी, दाजु बैनी, आमा छोरी, देवर भाउजू आदि जोडेर सामाजिक सञ्जालमा छरिएका यस्ता कथाबारे के कसैलाई मतलब छैन ? तर यो शौचालय हो, जे पनि गर्न मिल्छ ।


  यो विषयको संवेदनशीलता र असन्तुलनता तथा अराजकताको एक उदाहरणको केस स्टडी गर्न हालको रवि लामिछाने प्रसंग प्रकरण पर्याप्त हुन्छ । रविको विदेशी नागरिकता तथा आवासीय अधिकार आदि विषयमा केही महिनादेखिको जुहारीले तावा निक्कै गरम अवस्थामा कुनै व्यक्तिहरूले प्रेस काउन्सिलमा प्रेस आचारसंहिता हनन आदि विविध पक्षमा औपचारिक कारबाहीको माग दर्ता गरेपछि भने मुखे जुहारीले कानुनी रूप धारण गर्नु नै थियो । प्रेस काउन्सिलले औपचारिक प्रष्टीकरण र रविको लिखित या मिडियामार्पmतको प्रतिउत्तरपछि रविका प्रशंसकहरूबाट भएको महायुद्धको बेला अनलाइन र सञ्जाल यस्तो हालतमा पुगेको थियो, मानौँ त्यो नगरपालिकाको ल्यान्डफिल्ड साइट हो ।

प्रशंसकहरूले कानुन तथा सामाजिक मर्यादा आदि सबै हद किन नाघे ? किनभने यो गणतन्त्रमा सामाजिक सञ्जालमा जसका पनि पेटिकोट तान्न पाइन्छ, जसका मुखमा जत्ति तुर्काउन नि पाइन्छ, जसका गर्दनमा चुप्पी मारे पनि हुन्छ । न त पीडित केही गर्न सक्छ, न सरकार, न प्रेस काउन्सिल, न पुलिस, न गृह, न सञ्चार, न समाज । के यसरी नै चलेको छ त सामाजिक सञ्जाल अन्य देशमा ?

 रवि लामछानेको लोकप्रियता यस लेखको विषय नभए पनि यति भने अन्तमा भन्नै पर्छ कि, आम जनता थाम्नै नसकिने हदमा निस्सासिएका छन्, निराशिएका छन्, आत्तिएका छन् र भेन्टिलेसन खोजिरहेका छन् । र रवि लामिछाने त्यही भेन्टिलेसन बनेर देखापरेको अवस्था छ । र अबिर परेपछि ढुंगाले आफुलाई देवता ठानेजस्तै रविले पनि नेपाली जातीय गुणकै अनुसार आफुलाई ब्रेक र गियरविहीन बुलडोजर ठान्न पुगेका हुन् । तर सत्य यही हो कि रवि एक अस्थायी भेन्टिलेटर मात्र हुन् । परन्तु जनताहरूले यस्तो भेन्टिलेसन पाएनन् भने कुनै पनि बेला यी बारुद भएर पड्किन या कसैबाट पडकाइन सकिनेछन् । केही अघि गाडीको लाइसेन्स रिन्यु गर्नुपर्दा मसँग दुई विकल्प थिए । पहिलो, सात दिन घाममा दिनभर बस्नु । दोस्रो, पन्ध्र सय घुस दस्तुर दिएर बीचौलियामार्पmत घरैमा प्राप्त गर्नु । मैले दोस्रो विकल्प लिएँ।

सरकारको विशिष्ट श्रेणीका पूर्वअधिकारी तथा जनतामा चर्चित एक सिनियर सिटजन भएर पनि मलाई सरकारी संयन्त्रले यसरी शक्तिहीन बनाउँछ भने, आम जनताको हालत के होला ? अनि बनाइन्छन् अबिर छर्केर ढुंगाहरूलाई रविहरू । ल कतिजना अन्याय परेकालाई मैले नै भनेको छु, जाऊ न रविकहाँ । र उसको नम्बर सेभ गरेको छु पीडितलाई मद्दत गर्न । हेलो सरकार हल्ला सरकार भएकै कारण रवि सरकारको जन्म भएको हो । हुन त यो प्रसंगमा अलग विश्लेषण लेख्न सकिन्छ । देश भनेको दले र झोलेहरूलाई सुविधा दिनका लागि अन्त्यहीन तरिकाले उठाइने कर कार्यालय मात्र हो त ? त्यसै जन्मँदैनन् रविहरू । हुन त रविहरूले पनि यिनै पीडित जनताहरूलाई आफ्नो दियोमा पुतलीझैँ डढेर मर्न प्रेरित गर्न भने रोक्नैपर्छ, नत्र फरक के त, यो अशक्त रोगी सिस्टम र उनीमा ?

 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad