coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

धुलिखेल–पोखरा पर्यटक बस

काठमाडौं– तहल्का टुर्स एन्ड ट्राभल्सले धुलिखेल–पोखरा पर्यटक बस सञ्चालन गर्ने भएको छ । यी दुई ऐतिहासिक सहरलाई जोड्ने गरी आगामी साउन १ गतेदेखि बस सञ्चालन गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक जनकराज तिम्सिनाले बताए।

उक्त बसहरू एयरकन्डिसनर जडित सुविधायुक्त हुने उनले बताए । गाडी विहान ६ बजे धुलिखेलबाट छुट्ने र बनेपा, भक्तपुर, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु कलंकी हुँदै पोखरा जानेछ ।त्यस्तै, पोखराबाट दैनिक विहान ७ बजे काठमाडौंका लागि बस छुट्ने तिम्सिनाले बताए । ‘यात्रुको चाप हेरेर थप बस सञ्चालन गर्ने योजना छ,’ तिम्सिनाले भने, ‘यसले दुवै क्षेत्रको पर्यटक विस्तारलाई अझ सघाउनेछ ।’

 

प्रकाशित: २१ असार २०७५ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App