७ वैशाख २०८१ शुक्रबार
समाज

नागरिककर्मी शर्मा सम्मानित

काठमाडौं – नागरिककर्मी भाषा शर्मा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) द्वारा प्रदान गरिने रोड सेफ्टी मिडिया अवार्डबाट सम्मानित भएकी छिन्।

नासाले दिएको अवार्ड बेलायतका पूर्वयातायात मन्त्री पाउल क्लार्क, फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिज्म (एफआइएम) का प्रतिनिधि ओमार जारौर, इन्डियन एलाइन्स फर रोड सेफ्टी एनजिओका अध्यक्ष अनुराग कुलश्रेष्ठ, नेसनल रोड सेफ्टी एलाइन्स नेपालका संयोजक तथा सांसद योगेश भट्टराई र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका सदस्य सौरभ ज्योति लगायतले प्रदान गरेका थिए । अवार्डको साथमा सम्मानपत्र सहित नगद ११ हजार एक सय एघार रुपियाँ रहेको छ।

नासाले यस वर्षलाई ‘मोटरसाइक्लिङ सेफ्टी इयर २०७५’ को रुपमा मनाउने बताएको छ । नेपालमा दुर्घटनाबाट दैनिक ६ जना मर्ने गरेको तथ्यांक छ । नेपालमा सडक दुर्घटनाको मुख्य कारण मोटरसाइकल भएकोले जनचेतना अभियान शुरु गरिएको नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) का अध्यक्ष सीताराम न्यौपानेले बताए ।
नेपालको सडक सुरक्षामा क्रियाशील नासाले रोड सेफ्टी फोरम नेपाल र स्वतन्त्रता अभियान नेपाल लगायतका संस्थाहरुको सहकार्यमा रोड सेफ्टी मिडिया अवार्ड वितरण गर्दै आएको छ ।

 

प्रकाशित: २१ असार २०७५ ०२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App