coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

निर्देशनमा सुरेन श्रेष्ठको डेब्यु- 'हुन्छ मायामा पीडा धेरै नै'

अष्ट्रेलियामा व्यवसायिक फोटोग्राफी गर्दै आएका सुरेन श्रेष्ठले म्युजिक भिडियोको निर्देशनमा डेब्यु गरेका छन्। गायक उदेश श्रेष्ठको 'हुन्छ मायामा' बोलको गीतमा उनले निर्देशन यात्राको थालनी गरेका हुन्। म्युजिक भिडियोमा निर्देशक श्रेष्ठ, अर्चना कार्की र एन्जीलीना श्रेष्ठको अभिनय छ।

भिडियोमा उनले प्रेमीको पीडा दर्शाएका छन्। अल्पायु उमेरमै आफूले संसारकै सबैभन्दा धेरै माया गर्ने मान्छे गुमाउनुको पीडा म्युजिक भिडियोले दर्शाउँछ। 'म व्यवसायिक फोटोग्राफर भएपनि म्युजिक भिडियो निर्देशन मेरो रुचिको विषय थियो। जुन यो म्युजिक भिडियोले पूरा गरिदिएको छ,' निर्देशक श्रेष्ठले भने, 'म्युजिक भिडियोमा मैले धेरै मेहनत गरेको छु। राम्रो बनाउने प्रयास गरेको छु। बाँकी दर्शकहरुको सल्लाह सुझावको अपेक्षा गरेको छु।'

उदेश श्रेष्ठ फिचरिङ गिरिश खतिवडाको स्वर रहेको उक्त गीतमा शब्द, संगीत दुबै उदेश श्रेष्ठको रहेको छ। टेक बयलकोटी र सुदीप श्रेष्ठले सङ्युक्तरुपमा छायाङ्कन गरेको भिडियो सुदिप श्रेष्ठ र प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्। संग्स नेपालले सार्वजनिक गरेको भिडियो एक हप्तामा ९० हजारले हरिसकेका छन्।

भिडियो

प्रकाशित: २२ भाद्र २०७३ ०८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App