coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पर्सामा डुबेर ३ को मृत्यु, परिवारजनलाई ५० हजार राहत

बीरगन्ज– पर्सामा बेग्लाबेग्लै ठाउँमा ३ जना बालबालिकाको मृत्यु भएपछि प्रदेश २ को सरकारले मृतकका परिवाजनलाई जनही ५० हजार रुपैयाको दरले राहत प्रदान गर्ने भएको छ। गत शनिवारदेखि २ दिन लागातार परेको मुशलधारे पानीले आएको बाढीमा मंगलवार पर्सा गढी नगरपालिकामा २ जना बिद्यँर्थी स्थानीय फन्ठी खोलामा बगेका थिए भने बुधबार वीरगन्ज महानगरपालिका –२७ रामगढवामा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। 

‘मृतकका परिवार जनलाई पचास हजार रुपैयाको दरले राहत स्वरुप आर्थिक सहयोग तत्कालै उपलब्ध गराउने मुख्यमन्त्रीले निर्णय गर्नु भएको हो,’ मुख्यमन्त्रीका निजी सचिव दिपक यादवले भने, ‘यसका बाहेक प्रदेश भरीमा बाढीले भएको क्षतिको आँकलन जिल्ला प्रसाशन कार्यालयबाट भइरहेको छ। बिबरण आएपछि कहाँ कस्तो सहयोग गर्नुपर्ने निर्णय हुनेछ।’

बुधबारको घट्नामा पर्साको धोविनी गाउँपालिका आशवारी घर भई हाल वीरगन्ज रामगढवामा डेरा लिएर बस्ने धामुप्रसाद यादवका ७ बर्षीय छोरा आलोक यादवको नजिकैको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो। खाल्डोमा डुबेकी यादवकै ६ बर्षकी छोरी निकी कुमारीको अवस्था भने गम्भीर रहेको छ। उनीहरुलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएकोमा आलोकको चिकित्सकले मृत्यु भएको बताए। बालिका निकीको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि वीरगंजकै नेशनल मेडिकल कलेजमा राखिएको छ।

यसअघि मंगलबार बर्वाछोटैली माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ को छात्रा प्रतिमाकुमारी राम र छात्र सुरेन्दर महतो बाढी आएको बेला फन्ठी खोला तर्न खोज्दा बगेका थिए। घट्नामा दुबै विद्यार्थीको ज्यान गएको थियो। पर्सागढी नगरपालिका वडा नं. ८ हरपुर रमउली निवासी जादोलाल रामको छोरी बर्ष १५ की प्रतिमा रामकोे मृत्यु भएको हो। कक्षा ९ मा पढ्ने प्रतिमा स्कुलबाट घर फर्किने क्रममा फन्ठी खोला तर्न लाग्दा पानीले बगाएको थियो। प्रतिमाका सहपाठी १५ बर्षे सुरेन्द्र महतो वेपता भएका थिए। पछि प्रहरीले सुरेन्द्रको समेत डुबेर मृत्यु भएको पुष्टि गरेको थियो। चारजना बालबालिका एकसाथ परीक्षा दिएर घर फर्किने क्रममा खोलाले बगाएकोमा २ जनाको सकुशल उद्दार गरिएको थियो। 

प्रकाशित: २० असार २०७५ १४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App