coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

टी—२० मा अस्ट्रेलियाको नयाँ कीर्तिमान

कोलम्बो— अस्ट्रेलियाले टी—२० क्रिकेटमा उच्च स्कोरको  नयाँ कीर्तिमान बनाएको छ।

श्रीलङ्का भ्रमणमा रहेको अस्ट्रेलियाले घरेलु टोलीविरुद्धको पहिलो टी—२० खेलमा २ सय ६३ रन बनाउँदै नयाँ कीर्तिमान बनाएको हो। टस हारेर पहिले ब्याटिङका लागि मैदानमा उत्रिएको अस्ट्रेलियाले निर्धारित २० आभरमा ३ विकेटको क्षतीमा २ सय ६३ रनको योगफल खडा गरेको हो। उसका लागि पहिलो पल्ट ओपनरको भूमिकामा मैदानमा उत्रिएका ग्नेल म्याक्सवेलले ६५ बलमा  अविजित १ सय ४५ रनको योगदान दिएका थिए। यस क्रममा उनले १४ चौका र ९ छक्का प्रहार गरेका थिए। त्यस्तै टर्भिस हेडले ४५, उस्मान ख्वाजाले ३६ तथा डेभिड वार्नरले २८ रनको योगदान दिएका थिए।

जबाफमा २ सय ६४ रनको विशाल विजयी लक्ष्यका साथ भैदानमा उत्रिएको श्रीलङ्काले निर्धरित २० ओमरमा ९ विकेट गुमाउँदै मात्र १ सय ७८ रन मात्र बनाउन सक्यो र ८५ रनले पराजित हुन पुग्यो।

यसअघि सन् २००७ मा केन्याविरुद्ध २ सय ६० रन बनाउँदै श्रीलङ्काले टी—२० क्रिक्रेटमा सर्वाधिक स्कोरको कीर्तिमान बनाएको थियो।

प्रकाशित: २२ भाद्र २०७३ ०८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App