coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

डा. गोविन्द केसी भेट्न कांग्रेसको केन्द्रीय टोली जुम्ला जाने

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले जुम्लामा अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न एक प्रतिनिधि टोली पठाउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। निर्णयअनुसार कांग्रेसको टोली बिहीबार जुम्ला प्रस्थान गर्नेछ।

बैठकले छोराका हत्यारालाई कारवाहीको माग गर्दै वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न टोली पठाउने निर्णय समेत गरेको छ। सोही निर्णयअनुसार बुधबार अपराह्न काँग्रेस संसदीय दलको प्रतिनिधि टोलीले वीर अस्पताल पुगी अधिकारीको स्वास्थ्य उपचारका बारेमा जानकारी लिएको छ। 

प्रतिनिधि टोलीमा काँग्रेसका प्रतिनिधिसभा सदस्य पार्वता डिसी चौधरी, लक्ष्मी परियार, डा. अमरेश कुमार सिंह, प्रमिला राई, बिमला नेपाली, देवप्रसाद तिमिल्सिना र नमिता कुमारी चौधरी सहभागी थिए।

काँग्रेस प्रतिनिधि टोलीसँग गंगामाया अधिकारीले आफ्ना मागप्रति वर्तमान सरकारले कुनै चासो नदेखाएकाले सरकारको कुनै विश्वास नरहेको बताइन। अधिकारीसँग छोटो कुरा गर्दै काँग्रेस प्रतिनिधि टोलीले गंगामायाको स्वास्थ्य अवस्था र मागका सम्बन्धमा आफूहरु गम्भीर रहेको बताउँदैं संसदमा कडा रुपले प्रस्तुत हुने प्रतिबद्धता जनाएको थियो। 

प्रतिनिधि टोलीले वीर अस्पतालका कार्यकारी निर्देशक डा. भूपेन्द्र बस्नेत र स्वास्थ्य उपचारमा संलग्न चिकित्सकहरुसँग स्वास्थ्यका बारेमा जानकारी लिँदा गंगामायाको मुटुको चाल कम हुनुका साथै स्वास्थ्य अवस्था कमजोर भएकाले औपधी दिनलाई समेत कठिनाई भएको बताए। 

प्रकाशित: २० असार २०७५ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App