८ वैशाख २०८१ शनिबार
समाज

डा. केसीलाई आईसियुमा राखेर उपचार

जुम्ला- पाँच दिनदेखि जुम्लाको कवर्डहलमा आमरण अनसनमा बसेका प्रा डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आईसियुमा राखेर उपचार भईरहेको छ। अनशन स्थलमा एक्लै छटपटाईरहेको समयमा चिकित्सकहरुले भेटाएपछि एम्वुलेन्समा राखेर निषेधित क्षेत्र तोड्दै आकस्मीक कक्षमा राखेर उपचार गरेका हुन।

'अहिले आईसियुमा उपचार भईरहेको छ', डा. केसीको स्वास्थ्य उपचारमा संलग्न चिकित्सक डा. प्रविणकुमार गिरीले भने। उनका अनुसार डा. केसीको स्वास्थ्य अवस्था स्थिर छ।

 अनसन बसिरहेका डा. केसी अर्धचेत भएपछि डाक्टरहरुको टोलीले जबरजस्ती आइसियुमा लगेका हुन्। अनशनस्थलमा डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेको भन्दै चिकित्सकहरुले तत्कालै काठमाडौं लैजान सुझाब दिएका थिए। पटक–पटकको अनशन र जुम्लाको मौसमका कारण डा. केसीको स्वास्थ्य अवस्था यसपटक अनशनको दोस्रो दिनबाटै जटिल बनेको थियो। चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी १५ औं अनशनमा छन्। 

प्रकाशित: २० असार २०७५ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App