coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विपदको जोखिम पूर्व सूचना प्रणाली भारतको भरमा

महाकाली नदी तटीय क्षेत्र जिल्ला सदरम’काम खलंगाको बंगाबगड क्षेत्र तथा महाकालप्मा खसेको भारतीय तर्फ खेतिला पहिरो । तस्बिर : नागरिक

दार्चुला– दार्चुला जिल्ला विभिन्न प्राकृतिक विपदका कारण सधै खतरमा रहेको छ। विभिन्न अध्ययनका आधारमा दार्चुला जिल्लामा प्राकृतिक खतराहरुमध्ये भूकम्प, चट्याङ, बाढी पहिरो मुख्य रुपमा रहेका छन्। यसै अन्तर्गत अहिले बर्षातको समयमा महाकाली नदिबाट जोखिम बढ्दो अवस्थामा रहेको छ। २०७० सालमा महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगा बजारमा कटान गरेपछि त्यसक्षेत्रमा हाल पक्की तटबन्ध निर्माणाधिन तथा महाकाली नगरपालिका ५ बंगाबगड क्षेत्रको पारीपट्टी भारतमा खोतीला पहिरो परेको कारण जोखिम खोतीलाको पहिरो बढ्दै गएमा महाकाली नदी थुनिने सम्भावना रहेको हुँदा दार्चुला जिल्ला सदरमुकाम क्षेत्रमा क्षती हुने देखिएको छ। 

लगातार परेको बर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेपछि खोतीला पहिरो बढ्न थालेको छ। दुई बर्ष पहिले सुख्खा पहिरो परेपछि त्यसक्षेत्रमा महाकाली नदीमा बन्न लागेको तटबन्ध निर्माणको काम प्रभावित भएको थियो। पानीकै बहावका कारण महाकाली नदी नियन्त्रण आयोजनाको १० नम्बर प्याकेजको तटबन्ध भत्केपछि दोस्रो पटक निर्माण गरिएको छ। यो भन्दा पनि सधैँका लागि खतराको रुपमा भारतको छिरकिल्लामा निर्माण गरिएको धौलीगंगा जलविद्युत्त परियोजनाको बाँध हो। उक्त जलविद्युत्त आयोजनाले बेला—बेला पानी थुन्ने र छोड्ने गरेपछि सो भन्दा तल्लो क्षेत्रमा पर्ने नदि किनारका स्थानीयलाई सधै खतरा रहने गरेको छ। धौलीगंगा जलविद्युत्त परियोजनाकै बाँधका कारण दार्चुलामा २०७० सालमा बाढी आएको विभिन्न अध्ययनहरुले देखाएको छ। धौलीगँगा परियोजनाको पानी छाड्ने समय तालिका एकिन नभएको र समयतालिकाका बारेमा नेपाल तर्फ सधै जानकारी नहँदा खतरा कायमै रहेको छ।  यता दार्चुला सदरमुकाम बाढीको कति जोखिममा छ ? महाकालीमा कति पानी आउँदैछ ? भन्ने कुराको सूचना लिनेदिने कुनै उपाय र उपकरण नेपालसँग छैन्।

बाढी र वर्षाका लागि पूर्व सूचना दिने पूर्व सूचना प्रणाली नहुँदा दार्चुला सदरमुकाममा विपद् पूर्वको पूर्व तयारी गर्न समस्या परेको सरोकारवालाहरु बताउँछन्। वर्षा लागेसँगै महाकालीमा आउन सक्ने बाढी र खलंगा बजारको ठिक उत्तरतिर भारतीय क्षेत्रमा गएको पहिरोका कारण अहिले पनि खलंगा बजार क्षेत्र महाकालीको बाढीको जोखिममा छ तर महाकालीमा कति पानी आउँदैछ, पानीको सतह र वहाव कति छ ? भन्ने कुराको पूर्व सुचना दिने प्रणाली नै छैन्। पूर्व सूचना प्रणाली नहुँदा विपद् पूर्वको तयारी गर्न समस्या परेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलाका मन्त्री दिपक प्रसाद अवस्थी बताए। ‘पूर्व सूचना प्राप्त गर्न सक्ने प्रणाली भएको भए तत्कालिक र दीर्घकालीन विपद् व्यवस्थापनका योजना बनाउन सजिलो हुन्थ्यो’, उनले भने, ‘पूर्व सूचना नै नआउने भएपछि विपद् व्यवस्थापन तयारी गर्न समस्या परेको छ।’ 

 

प्रकाशित: २० असार २०७५ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App