coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धुलिखेल–पोखरा पर्यटक बस सञ्चालन हुने

काठमाडौं– तहल्का टुर्स एण्ड ट्राभल्सले धुलिखेल–पोखरा बस संचालन गर्ने भएको छ। यी दुई ऐतिहासिक शहरलाई जोड्ने गरी आगामी साउन १ गतेदेखि बस सञ्चालन गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक जनकराज तिमल्सिनाले बताए। 

उक्त बसहरू एयरकन्डिसन जडित सुविधायुक्त हुने उनले बताए। गाडी विहान ६ बजे धुलिखेलबाट छुट्ने र बनेपा, भक्तपुर, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु कलंकी हुँदै पोखरा तिर जाने छ। 

त्यस्तै, पोखराबाट दैनिक विहान ७ बजे काठमाडौंका लागि बस छुट्ने तिमल्सिनाले बताए। ‘यात्रुको चापलाई हेरेर थप बसहरू सञ्चालन गर्ने योजना छ’, तिम्सिनाले भने, ‘यसले दुबै क्षेत्रको पर्यटक विस्तारलाई अझ सघाउँने छ।’ 

प्रकाशित: २० असार २०७५ १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App