कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक १५ मिनेट स्थगित

बुधबार, २० असार २०७५, १५ : ५१ नागरिक

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ।

विशेष समयमा बोल्ने क्रममा काँग्रेसकातर्फबाट राष्ट्रियसभा दलका नेता सुरेन्द्रराज पाण्डेले विरोध जनाएपछि बैठक स्थगित भएको हो।

बैठकमा काँग्रेस सांसद पाण्डेले बोल्दै अनशनरत चिकित्सक डा गोविन्द केसीको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै उनको अवस्थाका बारेमा जानकारी गराउन माग गरे।

राजधानीका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको सम्बन्धमा सदनलाई जानकारी गराउन उनले सरकारसँग माग गरे। त्यस्तै अनशनरत गंगामाया अधिकारीको अनशनप्रति सरकारले बेवास्ता गरेको तथा विभिन्न समयमा सांसदहरुले उठाएका समसामयिक विषयमा समेत सरकारले जवाफ नदिएको भन्दै सो विषयमा सरकारको तर्फबाट स्पष्ट जवाफ नआएसम्म सदनको काम कारबाही अगाडि बढाउन नदिने घोषणा गर्दै विरोध जनाएका थिए। त्यसकोलगत्तै काँग्रेसका सबै सदस्यले आ–आफ्नो स्थानमा उठेर विरोध जनाएका थिए।रासस

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad