coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कैलालीका नदीमा ढिलाेगरी देखापरे डल्फिन

फाइल फाेटाे

टीकापुर – कैलालीका नदीहरुमा यसवर्ष ढिलोगरी लोपोन्मुख डल्फिन देखा परेका छन्।

डल्फिन संरक्षणका क्षेत्रमा काम गरिरहेका डल्फिन संरक्षण उपकेन्द्र ढुंगानाटोलका अध्यक्ष भोजराज ढुंगानाका अनुसार गतवर्ष असार ७ मा नै देखापरेका डल्फिन यस वर्ष भने ढिला देखापरेका हुन्।

उनले नदीमा पानीको सतह ढिलोगरी बढेकाले डल्फिन समेत ढिलोगरी देखा परेको जानकारी दिए। उनका अनुसार यसवर्ष साना र ठूला गरी एकैदिन १५ वटा डल्फिन देखिएका छन्। ती डल्फिनहरु मोहना–पथरैया, पथरैया–काँडा र पथरैया–गैरीनालाको दोभानमा देखा परेका हुन्।

प्रकाशित: २० असार २०७५ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App