७ वैशाख २०८१ शुक्रबार
खेल

ब्राजिल र उरुग्वे विजयी, अर्जेन्टिना बराबरीमा रोकियो

मेरिडा– विश्वकप छनोट चरणअन्तर्गत मंगलबार राति सम्पन्न खेलहरुमा ब्राजिल र उरुग्वेले जित हात पार्दा अर्जेन्टिना भने बराबरीमा रोकिएको छ।

गएराति सम्पन्न खेलहरुमा ब्राजिले कोलम्बीयालाई तथा उरुग्वेले पाराग्वेलाई पराजित गर्दा अर्जेन्टिना भने भेनेन्जुएलासँग बराबरीमा रोकिएको छ।

प्रर्तिस्पर्धात्मक खेलमा ब्राजिले कोलम्बियालाई २–१ गोल अन्तरले  पराजित गरेको हो। खेलको दोस्रो मिनेटमा नै गोल गर्दै ब्राजिलका मेरिन्डाले सुरुवाती अग्रता दिलाएका थिए। खेलको ३६ औं मिनेटमा ब्राजिलका मार्किन्होले आत्मघाती गोल गर्दा खेल १–१ गोलको बराबरीमा आएको थियो। खेलको ७४ औं मिनेटमा गोल गर्दै नेइमारले ब्राजिललाई २–१ को अग्रता दिलाएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल ब्राजिलले २–१ गोल अन्तरले जित्यो।

त्यस्तै अर्को खेलमा उरुग्वेले पाराग्वेलाई ४–० गोल अन्तरले पराजित गरेको छ। उसको जितमा एडिसन काभानीले दुई तथा लुइस स्वारेज र क्रिस्टियन रोड्रिग्येजले समान एक÷एक गोल गरेका थिए ।
यता कप्तान लियोनल मेसी विना मैदानमा उत्रिएको अर्जेन्टिना भने भेनेन्जुएलासँग २–२ गोलको बराबरीमा रोकिएको छ।

खेलको ३४ औं मिनेटमा गोल गर्दै भेनेन्जुएलाले सुरुवाती अग्रता दिलाएका थिए। ५२ औं मिनेटमा गोल गर्दै जोसेफ मार्टिनेजले भेनेन्जुएलाको अग्रता दोब्बर पारेका थिए। खेलको ५७ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाका लुकास पराटोले खेल २–१ को स्थितिमा पु¥याएका थिए। खेल सकिन ७ मिनेट बाँकी रहँदा निकोलस ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई पराजित हुनबाट रोकेका थिए। त्यसपछि खेलमा कुनै गोल भएन  र खेल २–२ गोलको बराबरीमा सकिएको थियो।

त्यस्तै, अर्को खेलमा चिली र बोलभियाले गोलरहित बराबरी खेलेका छन्।
 

प्रकाशित: २२ भाद्र २०७३ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App