coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नारायणगढ- मुग्लिङ सडकमा पहिरो खस्दा सडक अवरुद्ध

फाइल फाेटाे : नागरिक

रत्ननगर - नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

आज बिहान ५ः३० बजेतिर पहिरो खसेको प्रहरीले अनुमान गरेको छ। अन्दाजी ५० मिटरभन्दा लामो पहिरो खसेको प्रहरीले जनाएकाे छ।

पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ रहेको छ। प्रहरीका अनुसार अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ।

प्रकाशित: २० असार २०७५ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App