मालपोत अधिकृतसहित १० जनालाई जेल

बुधबार, २० असार २०७५, ०७ : १२ भाषा शर्मा  | @sb_language

काठमाडौं - विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लालपुर्जा दिलाउने मालपोत प्रमुखसहित १० जनालाई जरिवानासहित जेल सजाय ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा अदालतले आंशिक दोषी ठहर गर्दै संखुवासभाका मालपोत प्रमुखसहित २ जना कर्मचारी र स्थानीय ८ जनालाई जरिवानासहितको जेल ठहर गरेको हो।

विशेषका न्यायाधीशहरू द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले मंगलबार सरकारी जग्गा व्यक्तिका नाममा दर्ता मुद्दामा मिलेमतो गर्ने कर्मचारी सहितलाई आंशिक दोषी ठहर गरेको हो। मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिको नाममा स्रेस्ता बनाउन सघाउने मालपोत कार्यालय संखुवासभाका प्रमुख सीताराम पौडेल र खरिदार तथा निमित्त कार्यालय प्रमुख कमलबहादुर ढुंगेललाई जनही १५ लाख २० हजार रुपैयाँ जरिवाना ठहर गरेको छ। त्यसैगरी जनही ३ महिना कैद सजाय विशेष अदालतले ठहर गरेको हो।

संखुवासभाको साविक नुनढाकी गाविसको ७ र ९ गरी दुईवटा वडाको जम्मा ४३८ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। वडा नम्बर ७ को २८० रोपनी र वडा नम्बर ९ को जग्गामा १५८ रोपनी जग्गा कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा स्रेस्ता बनाइएको थियो।

त्यसैगरी वडा नम्बर ७ को २८० रोपनी जग्गामा ५ जना स्थानीय पुन्यप्रसाद लिम्बु, शंकरकुमार लिम्ठे लिम्बु, झकबहादुर लिम्बु, लोकबहादुर लिम्बु र पासाङ शेर्पालाई जनही १२ लाख ८ सय जरिवानासहित ३ महिना कैद सुनाइएको छ।

त्यसैगरी वडा नम्बर ९ को १५८ रोपनी जग्गा आफ्नो नाममा पूर्जा बनाउने सन्तबहादुर लिम्बु, थोकबहादुर लिम्बु, दुर्गाबहादुर लिम्बुलाई जनही ३३ लाख २० हजार जरिवाना सहित ३ महिना कैद सजाय ठहर भएको छ विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले बताए।

संखुवासभाको साविक नुनढाकी गाविस वडा नम्बर ७ र ९ को जग्गा मालपोत प्रमुख सहित कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरेका हुन्। वडा नम्बर ७ मा रहेको कित्ता नं. १७२ को २८० रोपनी र वडा नम्बर ९ मा रहेको ६६७ कित्ता नं १५८ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो । मालपोतका कर्मचारीसँगको मिलेमतोमा त्यहाँको जग्गा व्यक्तिको नाममा स्रेस्ता कायम गर्न सफल भएका थिए।

सशस्त्र द्वन्द्वका समयमा आगलागी भएपछि त्यहाँको मालपोतमा रहेको स्रेस्ता सबै नष्ट भएको थियो। तथ्यांक नष्ट भएपछि २०६३ सालपछि मालपोत कार्यालय संखुवासभाले स्थानीयलाई सक्कल कागजातसहित स्रेस्ता दर्ताको आह्वान गरेको थियो । आफ्नो नामको जग्गा दाबी सहित पुनः दर्ता गर्न जाने क्रममा १० जनाले सरकारी जग्गाको लालपूर्जा बनाएर पेश गरेका थिए।

उजुरीको आधारमा अख्तियारले विशेष अदालतमा २०७५ असार १९ मा १५ जना विरुद्ध मुद्दा दर्ता गरेको थियो। मालपोतको कुनै तथ्यांक नदेखेपछि सरकारी जग्गा हडप्ने उद्देश्यले सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने खेलमा मालपोतका अधिकृतको समेत मिलेमतो भएको थियो।

अख्तियारले १५ जनालाई मुद्दा दर्ता गरेको थियो। त्यसमध्ये ५ जनालाई विशेष अदातलले सफाइ दिएको छ। प्रतिवादीमध्येका कर्मचारी नापी कार्यालय संखुवासभाका प्रमुख मयंककुमार कर्ण र कर्मचारी खरिदार गुणराज पोखरेलले सफाइ पाएका छन्। त्यसैगरी लेखापढी व्यवसायी केदार पौडेल, गोपाल पौडेल, रामप्रसाद भट्टराईले पनि सफाइ पाएका छन्।







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

यस लेखमा एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ ...

Ncell Footer Ad