१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

युरोकप विजेता पोर्चुगल स्विजरल्याण्डसँग स्तब्ध

जेनेभा—विश्वकप छनोट चरणअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा युरोकप विजेता पोर्चुगल स्विजरल्याण्डसँग स्तब्ध भएको छ।

जेनेभामा सम्पन्न खेलमा स्विजरल्याण्डले युरोकप २०१६ को विजेता पोर्चुगललाई २—० गोल अन्तरले पराजित गरेको हो। उसको जितमा खेलको २३ औं मिनेटमा इम्बोला तथा ३० औं मिनेटमा मेहमेदीले समान एक–एक गोल गरेका थिए। खेलको अन्त्यतिर स्विजरल्याण्डका जाका दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाहिर निस्किएपछि स्विजरल्याड १० खेलाडीमा सीमित भएको थियो।

त्यस्तै बेल्जियमले साइप्रसलाई ३—० ले पराजित गरेको छ। उसको जितमा  लुकाकुले खेलको १६ औं र ६१ औं मिनेटमा गरी  दुई गोल गर्दा ८१ औं मिनेटमा कारास्कोले थप एक गोल गरेका थिए।

यता समुह–ए अन्तर्गतको खेलमा बुल्गेरियाले लक्जम्बर्गलाई ४—३ गोल अन्तरले पराजित गर्दा फ्रान्स भने बोलरुससँग गोलरहित बराबरी रोकिएको छ। त्यस्तै नेदरल्याण्डस् पनि स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको छ।

प्रकाशित: २२ भाद्र २०७३ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App