coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

युनाइटेड फाइनान्सको भिसा डेबिट कार्ड

काठमाडौं– युनाइटेड फाइनान्स लिमिटेडले भिसा डेविट कार्ड र एटिएम सेवा सुरु गरेको छ । फाइनान्सले नर्भिक इन्टरनेसनल अस्पतालभित्र रहेको एटिएम लाउन्जमा अत्याधुनिक प्रविधि सहित (टच स्क्रिन एटिएम मेसिन) को उद्घाटन गरेको छ ।

कम्पनी सञ्चालक विष्णुकुमार अग्रवालले उक्त प्रविधिको उद्घाटन गरेका हुन् ।उक्त एटिएमबाट कुनै पनि बैंक तथा वित्तीय संस्थाले जारी गरेका भिसा डेबिट कार्ड प्रयोग गरी रकम झिक्न सकिनेछ।

त्यसैगरी, फाइनान्स कम्पनीहरुमा पहिलोपल्ट अत्यन्त सुरक्षित मानिएको चिपमा आधारित भिसा डेबिट कार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनन्दबहादुर श्रेष्ठले शुभारम्भ गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २० असार २०७५ ००:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App