१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ठमेलमा गुण्डागर्दी गर्ने पक्राउ

काठमाडौं– राजधानीको पर्यटकीय नगरी ठमेलमा गुण्डागर्दी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप तिनथुङ्ग ९ घर भई हाल नयाँ बजार बस्ने २६ वर्षीय सपन मगर भन्ने विमल लुङ्गेली मगर रहेका छन्।

ठमेल, दरबारमार्ग क्षेत्रमा केही दिनयता अपरिचित गुण्डा जस्ता देखिने व्यक्तिले होटल, डिस्को, रेष्टुरेन्ट तथा अन्य व्यवसायीलाई डर त्रास देखाई रकम असुल्दै हिडेको र विभिन्न व्यक्तिसंग झैझगडा गरी अशान्ति सिर्जना गर्ने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले सोमबार राति १२ बजे मगरलाई दरबारमार्गस्थित किङ्ग लाउन्जबाट नियन्त्रणमा लिएको हो। 

मगरविरुद्ध केही सार्वजानिक मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी मोहन कुमार थापाले जानकारी दिए।

प्रकाशित: १९ असार २०७५ १४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App