coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले नेता शंकर पोख्रेलको ट्विट विवादः राैतहटमा पुत्ला दहन

नेता पोख्रेलको पुत्ला दहन गर्दै मोर्चा कार्यकर्ता। तस्बिरः मदन ठाकुर

रौतहट-एमाले नेता शंकर पोखरेलको अभिव्यक्तिको विरोधमा रौतहट सदरमुकाम गौरमा मधेसी मोर्चाले प्रदर्शन गरेको छ। मोर्चा संबद्ध कार्यकर्ताले नेता पोख्रेलको पुत्ला दहन गरेका छन्।

संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राम निवास यादवले मधेसी जनतालाई नेता पोख्रेलका अभिव्यक्तिले अपमान गरेकोले बिरोध गरिएको बताए।

सामाजिक संजाल ट्विटरमा नेता पोख्रेलले गरेको ट्विटमा प्रयोग गरिएको भाषा र शब्द मधेसी जनताकाे भावनामा चोट पुर्याउने खालको रहेको भन्दै चर्को बिरोध गरिएको छ। बिरोध पछि नेता पोख्रेलले ट्विट डिलिट गरेका थिए।

विवादित बनेको नेता पोख्रेलको ट्विटः

नेता पोख्रेलको पुत्ला दहन गर्दै मोर्चा कार्यकर्ता। तस्बिरः मदन ठाकुर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App