coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दिनभरि झरी, चौतर्फी त्रास

गोरखाको सुलिकोट गाउँपालिका–३ स्वाँरामा भूकम्पमा भत्किएको घरलाई समान्य मर्मत गरेर बस्दै आएको एक परिवार । भूकम्पयता यही टहरामा चौथो बर्खा पनि काट्दै छन् । तस्बिर/ नागरिक

गोरखा– गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई जल तथा मौसम विज्ञान विभागले पठाएको बाढी बुलेटिन हेरेर गोर्खालीलाई सचेत रहन आग्रह गरिरहेका थिए । आइतबारदेखि बदली भएको मौसमका कारण जिल्लामा दुईदिनभरि पानी प¥यो । भूकम्पले छियाछिया भएको केन्द्रबिन्दु जिल्ला गोरखाको जमिन कमजोर बनाएकाले जतिसुकै बेला पहिरो जाने खतरा रहेको भन्दै प्रजिअ भट्टराई सचेत थिए।

टेलिफोनमा गाउँपालिका, नगरपालिका वा सरोकारवाला सम्बन्धित निकायका व्यक्ति सञ्चारकर्मीसँग उनी सबै सर्वसाधारणलाई आ–आफ्नो ठाउँबाट सचेत रहन आग्रह गरिदिन भन्नमा व्यस्त थिए। ‘बाढीभन्दा पनि गोरखाजस्तो पहाडी जिल्ला, भूकम्पले छियाछिया पारेको जमिन भएकाले यहाँ पहिरोको डर छ,’ उनले भने ।

भूकम्पको केन्द्रबिन्दु गाउँपालिका बारपाक, सुलिकोट, धार्चे, चुमनुब्री, आरुघाटजस्ता गाउँपालिका पहिरोको उच्च जोखिममा छन् ।

यसअघिका बर्खामा पनि पहिरो बगेर दुःख पाएका केरौंजा, कासिगाउँ, मान्बु, बारपाक, लाप्राकजस्ता ठाउँका स्थानीयले अहिलेको बर्खामा पनि विपत्तिको सामना गर्नुपर्छ कि भन्ने डरमा स्थानीय छन् । कुनै ठूलो विपत्ति आउने र जिल्लालाई व्यवस्थापनमै चुनौती हुन्छ कि भन्ने त्रास सरोकारावालाई छ।

सोमबार दिनभरको वर्षातले ठाउँठाउँमा पहिरो बगेको छ । वर्षातका कारण जिल्लाको ग्रामीण सडकहरू ठप्प छन् । सर्वसाधारण नागरिकको जनजीवन प्रभावित बनेको छ । नदी तथा खोलामा पानीको बहाव बढेसँगै आसपासका स्थानीयले त्रासमा दिन गुजारे । सदरमुकाम र आसपासको बजार सुनसान रह्यो।

साँझसम्म कुनै क्षतिको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका एसपी विमल बस्नेतले बताए । उनले भने, ‘दिनभरि हामी उच्च सतर्कताका साथ बस्यौं, सम्भावित जोखिम क्षेत्रका चौकीहरूसँग निरन्तर सम्पर्क भइरह्यो, कहीँकतै क्षति भएको छैन।’

निरन्तर पानी परेपछि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अध्यक्ष भगवानबाबु मास्केले सामाजिक सञ्जालमार्फत सबै शाखा उपशाखाका रेडक्रसकर्मीलाई कुनै विपत्ति आउन सक्ने भन्दै तयार रहन अनुरोध गरे । उनी दिनभर आपूm पनि विभिन्न ठाउँका रेडक्रसकर्मीसँगको निरन्तर सम्पर्कमा रहेका थिए।

प्रहरी, सशस्त्र, नेपाली सेना सबैले मिलेर जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत वर्षातका बेला पहिरो जान सक्ने सम्भावित खतराका ठाउँहरू पहिचान गरेका छन् । यी ठाउँमा उद्धार गर्न, राहत पुनस्र्थापनका लागि योजना समितिसँग रहेको अध्यक्षसमेत रहेका प्रजिअ भट्टराईले बताए।

भूकम्पको केन्द्रबिन्दु गाउँपालिका बारपाक, सुलिकोट, धार्चे, चुमनुब्री, आरुघाटजस्ता गाउँपालिका पहिरोको उच्च जोखिममा छन् । भिरालो जमिन, निरन्तरको झरीले ठाडो खोलामा आउने बाढीका कारण पहिरो बग्ने खतरा यी ठाउँमा धेरै छ । भूकम्पपछि अहिले ६० हजार घर भत्किएकोमा २४ हजारले मात्रै तेस्रो किस्ता पाएका छन्।तथ्यांकअनुसार अझै ३५ हजार घर पूरा हुन बाँकी छ । ४८ हजारले दोस्रो किस्ताबापतको रकम लिएका छन् । अन्तिम किस्ता लिन बाँकी रहेका पीडित अहिले पनि टहरामै छन्।

यो बर्खा पनि टहरामै गुजारा चलाउनु पर्दा झरी र बर्खाले सास्ती भोग्नुपर्ने बाध्यता उनीहरूमा छ । भूकम्पमा भत्किएका विद्यालय पुननिर्माण सकिएको छैन । अझै अस्थायी टहरामा विद्यालय चलिरहेका छन् । टहरामा चलेका विद्यालयलाई बर्खे बिदा नगरी खुसै छैन । झरी पर्न थालेपछि अधिकांश विद्यालयमा बर्खे बिदा गरिएको छ।

जिल्ला दैवीप्रकोप उद्धार समितिले आउन सक्ने विपद्को सामना गर्न स्वास्थ्य कार्यालय र युनिटहरू, गाउँपालिका र प्रहरी प्रशासन, संघसंस्था सबैलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ । साथै, आवश्यक उद्धार र राहत सामग्री संकलन एक २५ थान जालीसमेत विपद्का लागि राखिएको छ।

प्रकाशित: १९ असार २०७५ १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App