coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगितामा १ सय ६० तस्बिर

काठमाडौं- फोटो पत्रकार क्लव नेपालले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता ०७५ को काठमाडौंमा निर्णायक चरण सम्पन्न भएको छ। प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात विधामा ५ हजार ५ सय ८० फोटो प्राप्त भएको क्लबले जनाएको छ। दुई चरणमा निर्णायकहरुबाट सबै विधाका विजेतासहित उत्कृष्ट १ सय ६० फोटो छानिएका छन्।

विजेताको घोषणा आगामी विहीबार असार २१ गते दिउँसो २ बजे कमलपोखरी स्थित रसियन कल्चर सेन्टरमा आयोजना हुने औपचारिक कार्यक्रम मार्फत छनोटमा परेका फोटोबाट सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुने साथै सर्वोत्कृष्ट एक फोटोलाई आइएमआई–ग्लोबल–आइएमआई बैंक ‘फोटो अफ दी इयर’ घोषित गरि पुरस्कार समेत वितरण गरिने क्लबका अध्यक्ष विकास कार्कीले बताए।

वल्र्डं प्रेस फोटोका निर्णायक मण्डलका सदस्य रहिसकेका भारतका वरिष्ठ फोटोपत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षता रहेको निर्णायक मण्डलमा बरिष्ठ पत्रकार तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधान, बरिष्ठ फोटोपत्रकार एवम् क्लबका संस्थापक अध्यक्ष तथा सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की, बरिष्ठ फोटोग्राफर मणी लामा, काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार एवम् क्लबका निर्वतमान अध्यक्ष प्रकाश माथेमा रहेका थिए।

निर्णायक चरणबाट छानिएका करिब १ सय ६० फोटोहरुलाई विजेता घोषणापछि काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ। ‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो  अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ  पाउनेछन्। काठमाडौंमा यही साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा  प्रदर्शनी गरिनेछ।

प्रकाशित: १९ असार २०७५ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App