८ वैशाख २०८१ शनिबार
समाज

केसीकाे समर्थनमा जुम्ला सदरमुकाम खलंगामा अर्धनग्न जुलुस

डा. केसीको पक्षमा निस्किएको अर्धनग्न जुलुस : डिबी बुढा / नागरिक

जुम्ला – प्राध्यापक डा. गोविन्द केसीको अनशन चौंथो दिन पनि जारी छ । चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियान्ता प्राध्यापक डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नागरिक समाज जुम्लाले अर्धनग्न जुलुस निकालेको छ।

हातमा हड्कडी लगाएर, मुखमा कालो पट्टी बाँधेर, आधा शरीर नांगो पारेर कर्णालीको जुम्लामा अनसनरत डा. केसीको जीवन रक्षाको माग गर्दै जुलुस निकालिएको हो । जुलुस डा. गोविन्द केसी अनसन वसेको स्थान कवर्डहलवाट शुरु भएर अस्पताल र कृष्णमन्दिर हुँदै जिल्ला प्रहरी कार्यालयबाट कवर्डहलमा आएर टुंगिएको थियो।

डा. गोविन्द केसीको जीवनको रक्षा गर, माथेमा आयोगको प्रतिवेदन तत्काल कार्यन्वयन गर, अनसनमा भईरहेको प्रहरी निगरानी बन्द गर,डा. केसीका माग पुरा गर लगायतका प्लेकार्ड बोकेर मौन अर्ध नग्न जुलुस निकालिएको हो । डा. केसीको माग जायज भएको भन्दै तत्काल पुरा गरेर मृत्युको मुखवाट बचाउनको लागि दवाब दिइएको  छ।

नागरिक समाजका अध्यक्ष राजबहादुर महतले जबसम्म डा. केसीको जीवन रक्षाको ग्यारेण्टी हुँदैन तब सम्म दबाब मुलक संघर्षका कार्यक्रम जारी राखिने बताए । उनले भने, यो व्यक्तिगत स्वार्थका लागि उठेको माग होइन सामुहिक भावना र मर्मअनुसार उठाइएको माग भएकोले सबै  नागरिकको  यसमा समर्थन छ । जलुस निस्कने थाहा पाएपछि सदरमुकाम खलंगाका चोक – चोकमा प्रहरी परिचालन गरिएको थियो।

 

प्रकाशित: १९ असार २०७५ ०७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App