coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लगातारको वर्षापछि सिन्धुलीमा पहिराेकाे जाेखिम बढ्दै

सिन्धुलीको सित्तलपार्टी गाविसस्थित गहुँखर्कमा बस भाँसिएपछि निकाल्ने प्रयास गर्दै यात्रु तथा गाडीका स्टाफ तस्विर : अनिल भण्डारी/नागरिक

सिन्धुली – लगातारको वर्षाले जिल्ला सदरमुकामसहित ग्रामीण सडक बिग्रेको छ । सदरमुकाम सिन्धुलीमाढीका भित्री सडकसहित ग्रामीण सडकको कन्तबिजोक भएको छ। 

तीन दिनदेखि लगातार परेको अविरल वर्षापछि सडक हिलाम्मे भई स्थानीयलाई सास्ती भएको हो ।सिन्धुलीको कमलामाई नगरपालिकास्थित बजार आसपासका कालोपत्रे नभएका भित्री सडक जलमग्न भएर हिलाम्मे भएका छन् । धुरा फाँट, मधुटार, पानी ट्याङकी रातमाटा क्षेत्रका सडक हिलाम्मे भएको स्थानीयले जनाएका छन्।

 सडक हिलाम्मे भएपछि सवारी आवातजावत निकै कष्ठपूर्ण भएको छ । सडक सञ्जालले अधिकांश क्षेत्र समेटिएको भएपनि व्यवस्थित गर्न नसक्दा सदरमुकामकै सडक बेहाल भएका छन्।

धान रोप्न तयार गरेको खेतभन्दा  कुनै सडक कम छैनन, स्थानीय नवराज गोलेले भने–‘सडकको अवस्था यसरी बिग्रँदा पनि नगरपालिकाले ध्यान नदिएकाले सास्ती खेप्नु परेको छ ।’ उनले मोटसाइकल समेत कटाउन नसकिने गरि हिलाम्मे भएको जनाए । स्थानीयले आफुखुसी खोलेका कृषि सडक तथा ग्रामीण सडक बर्षायाम सुरु भएसँगै कन्तविजोक अवस्थामा पुग्ने गरेका छन्।सडक सञ्जालको विस्तार चौतर्फी रूपमा गरिए पनि गुणस्तरीय  सडक निर्माण हुन नसक्दा स्थानीयले दुख पाएका हुन्।

 लगातार बर्षा भएपनि सदरमकुाम सिन्धुलीमाढीसहित काठमाण्डौबाट ग्रामीण क्षेत्र पुग्ने सवारी बीच बाटोमै रोकिएका छन् । सदरमुकामबाट ग्रामीण क्षेत्र पुग्ने अधिकांश सवारी गन्तव्यमा पुग्न सकेका छैनन् । पहाडी क्षेत्रका गाँउगाँउमा मोटरबाटो पुगेपनि ति मोटरबाटो दिगो हुन नसक्दा स्थानीयलाई सडक कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेझै भएको छ ।लगातारको वर्षा र गुणस्तरहीन काम हुँदा सडक जताततै भत्किएको घ्यालेख गाँउपालिका १ का वडाअध्यक्ष रामकाजी वाइवाले जानकारी दिए ।

पहिरोको जोखिममा पहाड
सिन्धुलीका अधिकांश पहाड फोरिएर सडक बनाइएको छ । महाभारतका विभिन्न स्थानबाट जताततै सडक बनाउन भन्दै पहाड फोर्दा हाल जताततै पहिरोको जोखिम बढेको छ ।

पहाडी क्षेत्रका विभिन्न स्थानमा खोलिएका सडकहरू प्राविधिक अध्ययन बिना नै बनाइएका छन । पुरानै सडकलाई वर्षेनी नेपाल सरकारले मर्मत तथा अगाडी बढाउन भन्दै करोडौ लगानी गर्दै आएपनि उक्त लगानी बालुवामा पानी भएको छ । करोडौ लगानी गरी  प्राविधिक अध्ययन बिना ठुला मेसिन लगाई पहाड पटक पटक फोरिएपनि बर्षायाममा ति सडककै कारण पहिरोको जोखिममा  पहाडी क्षेत्रमा बढेको छ ।

 

 

प्रकाशित: १९ असार २०७५ ०६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App