स्तन क्यान्सरको उपचारमा गतिशीलता

मङ्गलबार, १९ असार २०७५, ०९ : ४८ डा. सुभाष पोखरेल

केहीअघि एक मित्रले आफ्नी बहिनीको मेमोग्राम गर्दा स्तन क्यान्सर देखिएकाले उपचारका आयामबारे सल्लाह गर्न सम्पर्क गरे । क्यान्सर अस्पतालमा काम गर्दा आफूलाई अर्वुद रोग सम्बन्धमा भएका अनुसन्धानात्मक प्रगतिमा पहुँच थियो । भिन्नभिन्न अनुसन्धानकर्ताले आआफ्ना प्रयोगशालामा हुँदै गरेका अनुसन्धानको निचोड प्रस्तुत गर्ने भएकाले भविष्यमा सार्वजनिक हुने उपचार विधि सम्बन्धमा अग्रिम जानकारी हुनु अस्वाभाविक भएन । बहिनीको मेमोग्राम रिपोर्टले ब्रेस्टक्यान्सरको पहिचान गरेकाले प्रारम्भमा वक्षस्थल हटाउन शल्यक्रिया गर्नुपर्ने अनि पछि रेडियोथेरापी तथा केमोथेरापी लिन डाक्टरले सल्लाह दिएको बताए साथीले । तर त्यसबखतको समकालीन अनुसन्धानले केबल मेमोग्रामको भरमा उल्लिखित उपचारविधिलाई सम्मति दिएको थिएन । साधारण कोसलाई समेत उक्त मेसिनले कहिलेकाहीँ असामान्य देख्ने गरेका कारण केबल उक्त रिपोर्टका भरमा इलाज गर्न उचित नहुने ठहर गरिँदो अवस्था थियो । मेमोग्राम गराउँदा क्यान्सरको कोस भएको ठहर हुनेबित्तिकै आक्रामक उपचार गर्दा बिमारीको स्वास्थ्यमा नकारात्मक असर पर्ने अनुसन्धानले देखाएको थियो । तर उक्त रिसर्च औपचारिकरूपमा प्रकाशित भने भएको थिएन । मित्रलाई त्यसबखत उपलब्ध जानकारीका आधारमा सल्लाह दिइयो । त्यसैअनुसार बहिनीको उपचार गरेको बताउँदै मित्रले उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको बताए।

मेमोग्राम स्तन क्यान्सर पत्ता लगाउने एकप्रकारको परीक्षण विधिहो । उक्त प्रविधि प्रयोगमार्पmत प्रारम्भमै महिलाको वक्षस्थलमा विकास भएको अर्वुद कोस पत्ता लगाउन सकिए धेरै महिलालाई क्यान्सरबाट बचाउन सकिन्थ्यो भन्ने मान्यता रह्यो । त्यसैअनुरूप आवधिकरूपमा महिलाले मेमोग्राम गरुन् भन्ने मान्यता स्थापित भयो । अमेरिकालगायत संसारका सबै मुलुकले निश्चित उमेर पुगेका महिलाले आवधिकरूपमा मेमोग्राम गर्ने आचारसंहिता जारी ग-यो । धेरै वर्ष तद्अनुरूप नै ब्रेस्ट क्यान्सर पहिचान गर्ने काम भयो । तर सन् २००९मा डेनमार्कका फिजिसियन डा. पिटर गोसेजले एकतिहाइ मेमोग्रामका रिपोर्ट असत्य हुने गरेका र बेठीक परीक्षणका कारण स्वस्थ महिलालाई समेत उपचारको नाममा बोझिलो उपचार गर्ने गरिएको तथ्य सार्वजनिक गरे । उक्त नतिजा सार्वजनिक हुनेबित्तिकै बेलायती संस्था क्यान्सर रिसर्चले स्वतन्त्ररूपले हेर्दासमेत अघिल्लो अनुसन्धान ठीक रहेको देखायो । मेमोग्राम उपचार विधि सन्देहको घेरामा प-यो।

ब्रेस्ट क्यान्सरको लक्षण देखिनेबित्तिकै सर्जरी गरी स्तन हटाउने अनि केमोथेरापीमार्फत भाबी संक्रमणका संभाव्यता रोक्ने मेडिकल साइन्सका स्थापित मान्यता हुन्। तर पछिल्लो अनुसन्धानले उक्त मान्यतालाई पुरातन ठहर ग-यो।

विगतका निष्कर्षलाई समर्थन गर्नेगरी यसै वर्षको पूर्वार्धमा डेनमार्कका प्राध्यापक कार्सटन जर्गेन्सनले मेमोग्रामले महिलालाई स्तन क्यान्सरको उपचारमा कति मद्दत गरेको छ भन्ने विषयमा एक बृहत्अनुसन्धान प्रकाशित गरे । डेनमार्कको सहरी भेगमा बस्ने महिलाले डाक्टरको सल्लाहमुताविक आवधिकरूपमा मेमोग्राम गर्ने गरेका तर ग्रामीण इलाकामा बस्ने आमा समूहले भने उक्त निदानविधि पालन गरेको देखिएन । सन् १९८० देखि २०१०को अवधिमा मेमोग्राम गर्ने ३५ देखि ८४ वर्ष समूहका १४ लाख सहरी महिलाको स्वास्थ्य अवस्था मेमोग्राम कहिल्यै नगर्ने समकालीन ग्रामीण आमाको तुलनामा कुनै पनि हिसावमा स्तरीय देखिएन । अझ सबैभन्दा महत्वपूर्ण कुरा मेमोग्रामका क्रममा अर्बुदरोगको प्रारम्भिक लक्षण देखिएका एकतिहाइडेनिस महिलामा उनीहरूको जीवनकालभर पनि क्यान्सरले अतिक्रमण गर्ने अवस्था नरहेको देखियो उक्त अनुसन्धानबाट । रोगै नभएको मानिसलाई क्यान्सर लागेको देखाएर मेमोग्रामले ओभर डाइग्नोसिस गरेको देखियो । पहिचानमै खराबी देखिएका कारण उपचार गर्नै नपर्ने महिलालाई सर्जरी, केमो तथा रेडियोथेरापी लिनुपर्ने अवस्थामा पु-यायो । अन्यथा, चिन्तारहित स्वस्थ जीवन बिताउने महिलालाई मानसिक तथा शारीरिक समस्यामा हेलेको देखियो मेमोग्राम डाइग्नोसिसले । स्वस्थ महिलालाई आवधिक परीक्षणका नाममा अनावश्यकरूपमा मेमोग्राम गराउनुभन्दा कुनै लक्षण देखिएपछि मात्र परीक्षण गर्दा उपयुक्त हुने भन्छ उक्त अनुसन्धानले । ठूलो जनसंख्यालाई समेटेर गरिने अनुसन्धानहरूलाई मेडिकल साइन्समा विश्वासिलो तथ्याड्कका रूपमा लिइने भएकाले छिटैनै मेमोग्रामका आचारसंहितामा परिवर्तन नआउला भन्न सकिन्न । आधुनिक उपकरणले उपचारमा महत्वपूर्ण भूमिका खेल्ने भए पनि मेसिनमा अत्यधिक परनिर्भरहुँदा कसरी बिरामीले दुःख पाउँछन् भन्ने उदाहरणहो मेमोग्राफिक डाइग्नोसिस।

मेडिकल साइन्सको भाका र महात्मा गान्धीका अभिव्यक्तिबीच समानता देखिन्छ। आफ्ना दुई अभिव्यक्तिमा विरोधाभाष देखिए आफ्ना पछिल्ला भनाइलाई पत्याइदिन आग्रह गर्छन् गान्धीजी । उत्तरार्धमा हासिल गरेका ज्ञानले आफूलाई थप विवेकी बनाएकाले आफ्ना पछिल्ला अभिव्यक्ति ग्रहण गर्नु भनेका हुन् महामानवले । आयुर्विज्ञानका क्षेत्रमा दुई प्रोटोकल आपसमा बाझिए नवीनतम मूलपत्रलाई आधिकारिक मान्नुपर्ने हुन्छ । पछिल्ला समयमा भएका अनुसन्धानहरू अघिल्लोभन्दा थप परिष्कृत भएकाले नवीन प्रोटोकललाई आधार मान्नुपर्ने हुन्छ रोगका पहिचान र निदानका सम्बन्धमा।

केमोथेरापीले विषाक्त अर्वुद कोसहरूलाई मात्र नास नगर्ने बरु शरीरका आवश्यक सेलहरूलाई समेत मार्ने भएकाले उपचारपछि बिरामीको स्वास्थ्य अवस्था नाजुक हुन्छ। केमिकलले जीर्ण पारेको शरीरलाई अन्य संक्रमणले गाँज्ने नै भयो। विभिन्न चरणको केमोथेरापीले बिरामीको शरीरलाई कसरी थिल्थिलो पार्छ नदेख्ने को होला र?

ब्रेस्ट क्यान्सरको लक्षण देखिनेबित्तिकै सर्जरी गरी स्तन हटाउने अनि केमोथेरापीमार्पmत भाबी संक्रमणका संभाव्यता रोक्ने मेडिकल साइन्सका स्थापित मान्यता हुन्। तर पछिल्लो अनुसन्धानले उक्त मान्यतालाई पुरातन ठहर ग¥यो । केमोथेरापीले विषाक्त अर्वुद कोसहरूलाई मात्र नास नगर्ने बरु शरीरका आवश्यक सेलहरूलाई समेत मार्ने भएकाले उपचारपछि बिरामीको स्वास्थ्य अवस्था नाजुक हुन्छ । केमिकलले जीर्ण पारेको शरीरलाई अन्य संक्रमणले गाँज्ने नै भयो । विभिन्न चरणको केमोथेरापीले बिरामीको शरीरलाई कसरी थिल्थिलो पार्छ नदेख्ने को होला र ?त्यसैले क्यान्सरको उपचारमा केमोथेरापीको विकल्प खोजिएको धेरै भयो तर सबै किसिमका महारोगलाई ठीक बनाउने उपयुक्त उपचार विधि पत्ता लगाउन मेडिकल साइन्स अहिलेसम्म पनि सफल हुन सकेन । तथापि मेडिकल साइन्सले स्तन क्यान्सरको हकमा भने ठूलै फडको मारेको देखियो।

शरीरको सामान्य विकास तथा सञ्चालनकालागि कोसको विभाजन आवश्यक हुन्छ। आणुवांशिक पदार्थमा आउने खराबीका कारण कहिलेकाहीँ शरीरका कोसहरूले अनियन्त्रितरूपले विभाजन हुने क्षमता विकास गर्छन् । कोसहरूको त्यस्तो बेथितिको विभाजनलाई नै क्यान्सर भनिन्छ। अनियन्त्रित विभाजनलाई ऊर्जा दिन शरीरका अन्यभागका लागि चाहिने पोषण पदार्थहरूसमेत उक्त अनुत्पादक कार्यमा खर्च हुन्छ, बिरामी शिथिल बन्छ। प्रारम्भिक चरणमा उपयुक्त उपचार नभए पछिल्लो चरणमा क्यान्सरका कोसहरू रक्तसञ्चारमार्पmत शरीरको एक भागबाट अन्यत्र पुग्छन् । क्यान्सरका कोसहरूएक स्थानबाट अर्को स्थानमा पुग्ने अवस्थालाई मेटास्ट्याटिक भनिन्छ । त्यस्तो अवस्थामा पूरा शरीरनै क्यान्सरमय हुने भएकाले अर्वुदरोगको उपचार असम्भव बन्छ । तसर्थ, प्रारम्भिक चरणमै क्यान्सरको पहिचान गर्न सके बिरामीको जीवन लम्ब्याउन नसकिने होइन।

आधुनिक उपचार विधिले अन्यत्र पैmलिइनसकेको स्तन क्यान्सरको उपचारलाई निकै सहज बनाएको देखियो । झण्डै ८० प्रतिशत ब्रेस्ट क्यान्सर महिलाकेन्द्रित हर्मोन एस्ट्रोजिनमा निर्भर हुने देखियो । त्यसैले, एस्ट्रोजिनको प्रभावलाई शरीरमा निस्तेज गर्न सके स्तन क्यान्सरलाई नियन्त्रण गर्न सकिने वैज्ञानिकहरूले ठहर गरे । तद्अनुरूप एस्ट्रोजिन प्रतिरोधात्मक औषधिहरू उत्पादन भए । गत महिना संयुक्त राज्य अमेरिकाको भान्डरभिल्ट युनिभर्सिटीका प्राध्यापक इन्ग्रिड मेयरको टोलीले एस्ट्रोजिन प्रतिरोधात्मक ओखतीको प्रयोगले ब्रेस्ट क्यान्सर नियन्त्रण हुने यथार्थ सार्वजनिक गरे । हजारौँ बिरामीमा सफलपूर्वक परीक्षण गरिएको निदान भरपर्दो देखियो । सामान्य अणुवांशिक परीक्षणपछि उक्त उपचार विधि अवलम्बन गर्न सकिने बताउँछन् अनुसन्धानकर्ता डा. मेयर । विगतमा सर्जरी तथा केमोथेरापीको कष्टकर उपचारका कारण आक्रान्त भएका स्तन क्यान्सरका बिरामीकालागि हर्मोन थेरापी खुसीको खबर बन्यो।

मानिसको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले आयुर्विज्ञान निकै नियन्त्रित पेशा मानिन्छ। नवीन प्रोटोकल विकास हुनका लागि विधिको व्यापक परीक्षणको दरोकार पर्छ। सर्जरी,केमोथेरापी तथा रेडियोविकिरणका संयुक्त उपचार निकै महँगो हुनुका अतिरिक्त बिरामीले ठूलो पीडा सहनुपर्ने अवस्थामा हालै सफलपूर्वक परीक्षण भएको  एन्टिएस्ट्रोजिन आधारित औषधिको उपयोग दिदी÷बहिनीमा लाग्ने क्यान्सरको उपचारमा ठूलो बरदान सावित हुने देखियो। परीक्षणका आधारमा मेडिकल साइन्सका अवधारणाहरू किन परिवर्तन गर्न आवश्यक छ भन्ने बुझ्न क्यान्सरका सम्बन्धमा अवलम्बन गरिएका मेमोग्राम र एस्ट्रोजिनप्रतिरोधात्मक उपचार विधिको अध्ययन पर्याप्त देखियो। अध्ययनमार्पmत आफूलाई समयानुकूल परिवर्तन गर्ने चिकित्सकले नै नवीन रोगको कुशलपूर्वकउपचार गर्ने देखियो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्य लगायतको सहायतामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका...