coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीबाट जोगिन धमाधम बाँध र तटबन्ध

बारा - वर्षायामका बेला खोला नदीमा उर्लेर आउने बाढीले वस्ती र खेतीयोग्य जमिनमा पु¥याउने क्षतिलाई न्यूनीकरण गर्न बारामा अहिले धमाधम बाँध र तटबन्ध निर्माण भइरहेका छन्।

बाढीको पानीले खोला छेउको वस्ती डुबानमा पर्नुका साथै खेतीयोग्य जग्गा बालुवामा परिणत हुने गरेका छन्। बाढीबाट विगत वर्षहरूमा हुँदै आएको जनधनको क्षतिलाई न्यूनीकरण गर्न अहिले स्थानीय तह र जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन नम्बर ३ को कार्यालय परवानीपुरले विभिन्न खोलामा माटोको बाँध र ढुंगाका तटबन्ध बनाउने काम गरिरहेको हो।

जिल्लामा रहेका आधा दर्जनभन्दा बढी खोलानालामा बाढीबाट हुने क्षति कम गर्न बाँध बनाउन थालिएको कार्यालयले जनाएको छ।

जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन नम्बर ३ को कार्यालयका इन्जिनियर पाण्डवप्रसाद देवले बर्सेनि बाढीले क्षति पु-याउने जिल्लाका अधिकतर खोलनालामा अहिले बाँध बाँध्ने काम भइरहेको जानकारी दिए। कलैया उपमहानगरपालिका वडा नम्बर १७ ब्रहम्पुरीको बंगरी खोला, वडा नम्बर १४ बघवनको पसाह खोला, वडा नम्बर २१ भोडहाको पसाह खोला, प्रसौनीको दुधौरा खोला, पचरौताको तियर खोला, अदर्श कोतवालको जमुनी खोला, जितपुरसिमरा १६ मा रहेको पसाह खोला लगायतका खोलामा आउने बाढीबाट हुने जनधनको क्षतिलाई कम गर्न बाँध÷तटबन्ध बनाउने काम भइरहेको उनले बताए। उनका अनुसार कुनै खोलामा ढुंगाबाट त कुनै खोलामा माटोबाटै तटबन्ध धमाधम बनाउने काम भइरहेको छ।

कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले पसाह खोलामा आउने बाढीबाट हुने क्षतिलाई कम गर्न वडा नम्बर १४ बघवन र वडा नम्बर १५ खमवामा नगर स्तरको बजेटबाट पसाह खोलामा बाँध बनाइएको बताए। यस बाँधले दर्जनभन्दी बढी गाउँलाई डुबानबाट बचाउने अपेक्षा गरिएको यादवले बताए।

प्रकाशित: १९ असार २०७५ ०३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App