४ वैशाख २०८१ मंगलबार
कला

‘सेतो स्कार्फ’ सार्वजनिक

काठमाडौ– कथाकार सविता श्रेष्ठ ‘बेहोसी’को नवीनतम कृति कथासंग्रह ‘सेतो स्कार्फ’ लोकार्पण भएको छ । संग्रहको वरिष्ठ कवितथा संस्कृतिविद् तुलसी दिवसले कृतिको लोकार्पण गरेका थिए । कथाकार बेहोसीले आफ्नो जन्मदिनको अवसर पारेर कृति लोकार्पण गरेकी हुन्।

कार्यक्रमका प्रमुख अतिथि दिवसले नेपाली समाज, पात्र, चिन्तन, सोच, संवेदना र आन्तरिक भावना व्यक्त भएका सिर्जनामात्र चीरस्थायी हुने बताउँदै कथाकार सविताका कथाहरूमा ती कुरा रहेको बताए ।नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले आख्यानमा सविताले चालेका पाइलाले साहित्य आकाशको उचाइ मापन गरोस् भन्दै शुभकामना दिएका थिए।

लोकार्पण कार्यक्रमका अध्यक्ष नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले सरल र शालीन व्यक्तित्वका धनी सविताका सिर्जनाहरू सशक्त हुने बताउँदै सरिताका कृतिलाई पाठकमाझ ल्याउन पाएकोमा खुशी व्यक्त गरे  ।
विशिष्ट अतिथि वरिष्ठ कथाकार माया ठकुरीले सविताको सिर्जनामा पाठकलाई बाँधेर राख्न सक्ने सरल र सरस प्रस्तृति रहेको बताइन् । वरिष्ठ स्रष्टा मोमिला जोशीले कृतिको समीक्षा गरेकी थिइन् । कृतिमाथि समीक्षा गर्दै उनले भनिन् ‘कृतिले आम मानिसको जीवन बोलेको छ र कृतिकारको पनि जीवनलाई धेरथोर समेटेको छ । यस्ता सिर्जनाले मानिसको मनलाइ छुन्छ र कालान्तरसम्म बाँचिरहन्छ।

सर्जक सविता श्रेष्ठ ‘बेहोसी’ले जीवन भनेकै कथा र कथा भनेकै जीवन रहेको बताउँदै सेतो स्कार्फमा पनि जीवन र जगतलाई समेट्ने प्रयास गरेको बतान् । सर्जकका जीवनसाथी सुमन श्रेष्ठले कृतिको लोकार्पणमा उपस्थित अतिथि र व्यक्तित्वमा कृतज्ञता ज्ञापन गर्दै घरमा नै साहित्यकार भएकाले आफूमा पनि साहित्यप्रति अनुराग पलाएको बताइन् ।
कथाकार बेहोसीका ‘सेतोस्कार्फ’लगायत ‘आफ्नै व्यथा आफ्नै तरङ्ग’ कथासङ्ग्रह तथा ‘अनन्तमा मिल्ने आशामा’ ‘दुई समानान्तर रेखाहरु’ र ‘जीवन ज्योति (उपन्यास) प्रकाशित छन् । पुस्तक रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।

प्रकाशित: १९ असार २०७५ ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App