coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाह्र घण्टापछि नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन- नारायणगढ मुग्लिन सडकखण्ड १२ घण्टापछि दुईतर्फीरुपमा सञ्चालनमा आएको छ। बिहान ८ बजेदेखि पहिरोका कारण पूर्णरुपमा अबरुद्ध भएका सडक अहिले साँझ ७ः ५० बजेबाट सञ्चालनमा आएको हो। 

आइतबार साँझदेखि आएको वर्षाका कारण अवरुद्ध सडक पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। 

वर्षाका कारण बिहानदेखि चार किलो, टोपेखोला, चेपाङ् डाँडा, कालिखोला, मुग्लिन डाँडा लगायतका ठाउँमा पहिरो खसेर अवरुद्ध सडक साँझ अबेर मात्र पहिरो पन्छाएर सञ्चालनमा आएको हो। 

पहिरोका कारण रोकिएका सवारी साधन सडक सञ्चालनमा आएसँगै गन्तव्यतर्फ लागेका छन्। रासस

प्रकाशित: १८ असार २०७५ १६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App