coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कैलालीमा १ को मृत्यु, सयभन्दा बढी घर डुबानमा

धनगढी अत्तरीया जोडने ६ लेन निर्माणाधिन सडकमा गेटामा पानी भरिएर अवरुद्ध ।

धनगढी– आइतबार रातीदेखि परिरहेको अविरल बर्षाले कैलालीमा घर भत्किएर १ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। अविरल बर्षाका कारण कैलालीको दक्षिण क्षेत्र डुबानमा परेको छ। भजनी नगरपालिकाका लालबोझी लगायत बिभिन्न क्षेत्र डुबानले जलमग्न भएका छन्। १४ परिवार बिस्थापित भएका छन भने करिब १ सय बढी घर डुबानमा परेका छन्।

धनगढीदेखि अत्तरिया जोड्ने सडक खण्ड नाली भरिएको पानी आएर सडक जलमग्न भएपछि अवरुद्ध भएको छ।  बर्षा जारी रहेको र नदीहरुमा बहाव बढ्दै गएकाले जोखिम क्षेत्रका बासिन्दाहरु सर्तक रुपमा बसेका छन्। आइतबार  राती घरको छानो भत्केर गोदावरी नगरपालिका ९ धनचौरी बस्ने ६२ बर्षीय दुथा रानाको मृत्यु भएको कैलाली प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताए। सुतिरहेका बेला राती १ बजे घर भत्केर उनको मृत्यु भएको हो। उनका श्रीमान् ६५ कडेवा राना घाइते भएका छन्।

भजनी नगरपालिकाको कलियापुरवाट डुवानमा परेका १४ परिवारलाई उद्धार गरेर स्थानीय कर्मेश्वर माविमा राखिएको नेपाल रेडक्रस सोसाइटीका सभापति उत्तम जोशीले बताएका छन्। डुवान परेपछि प्रहरी र सशस्त्र परिचालन भएर उद्धार गरेको हो। यसैगरी भजनीका बिभिन्न वस्तीमा सय भन्दा बढी घर डुवानमा परेकाले बिस्थापितको संख्या बढ्ने देखिएको छ। भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले सय भन्दा बढी घर डुवानमा परेको बताए।

 

प्रकाशित: १८ असार २०७५ १५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App