coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पानीको बहाव बढेपछि बागमतीमा सय जना फसे

रौतहट– अविरल वर्षासँगै पानीको बहाव बढेपछि रौतहटको बागमती नदीमा १ सय जना फसेका छन्। 

विहान पानी परेपछि नदी पारीको खेतमा रोपाई गर्न गएका राजदेवी नगरपालिका ब्रहम्पुरीका किसान अविरल वर्षाले पानीको बहाव बढेर बाढी आएपछि घर फर्किन नसकेका हुन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोहर यादवले रोपाई गर्न गएका १ सय जना फर्किन नसकेर फसेको र उद्दारको प्रयास भइरहेको बताए। ‘प्रहरी र सशस्त्रको उद्दार टोली ट्युब, लाइफ जाकेट, पौडीबाजसहित डुंगा लिएर घटनास्थलतर्फ गएको छ’, यादवले भने।

प्रकाशित: १८ असार २०७५ १४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App