coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीबाट तटबन्ध जोगाउन सेना परिचालन

रौतहट– रौतहटको बौधीमाई नगरपालिका २ इनर्वा गाउँ नजिक लालबकैया नदिको तटबन्ध भत्कीन थालेपछि नेपाली सेनाको नेतृत्वमा सुरक्षाकर्मीको एउटा डफ्फालाई ७० हजार बोरा, डोरी र बाँस दिएर पठाइएको छ।

गतबर्ष साउन महिनाको २७ गते आएको भिषणबाढीले लालबकैया नदीको पश्चिमी किनारमा इनरवा गाउँ नजिक भत्काएको तटबन्धलाई गत जेठ महिनामा स्थानीय सरकारले बजेटबाट कटागरी तटबन्ध मर्मत गरेको थियो 

शनिबार रातीदेखी परेको अविरल बर्षाले लालबकैया नदीमा आएको बाढीले तटबन्ध भत्काउन थालेपछि त्यस भेगका स्थानीय बासिन्दाहरु त्रसित बनेका छन्। बाढीको कारण खोलाको सतह बढ्दै गएर तटबन्ध बगाउन करिब एक मिटर मात्र बाँकी रहँदा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको निर्देशनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, दैवी प्रकोप उद्धार टोलीका साथै जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालयको टोली घटना स्थलतर्फ गएको हो।

सदरमुकाम गौरस्थित पुरेन्वामा रहेको इन्द्र बक्स गणका प्रमुख सेनानी सुजन शाक्यको नेतृत्वमा दुई वटा बोटसहित उद्धार सामग्री लिएर खटिएको छ। टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नदी नियन्त्रणको प्रविधिक टिमसहित सय जना परिचालन भएको जनाइएको छ। 

निरन्तर परिरहेको अविरल बर्षाका कारण जिल्लाका बागमति र लालवकैया नदीमा जलस्तर निकै वृद्धि भएको छ। बौधीमाई नगरपालिका २ इनर्वा स्थित पश्चिमी तटबन्ध करिब ५ मिटर बगाएपछि गाउँलेहरु उच्च जोखिममा परेका छन्। बाँध बगाउन १ मिटर मात्रै बाँकी रहदा इनर्वाका स्थानीय बासिन्दाहरु सम्भावित बाढी र त्यसबाट हुने जनधनको क्षतिबाट त्रसित बनेको छ। 

सिडिओसहित सुरक्षा निकायको टोली कटान क्षेत्रमा

बकैया नदिमा आएको बाढीले बाँध बगाउदै गरेको खवर प्राप्त हुनासाथ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल सहितको जिल्ला विपद व्यवस्थापन समितिका पदाधिकारीका टोली कटान क्षेत्रमा पुगेर तटबन्ध निर्माण सँगै त्यस भेगका स्थानीयहरुलाई सुरक्षित स्थानमा सार्ने कार्यको लागि बन्दोबस्त मिलाउने कार्यमा जुटेका छन्।

बाढीले नब्बे प्रतिशत भन्दा बढी तटबन्ध कटना गरेपछि नेपाली सेना सहितका सुरक्षाकर्मीहरुले बाँसको पाइलिंग गरेर जालीमा माटोबोरा हालेर कटान कार्यलाई नियन्त्रण गर्ने कार्यमा जुटेको बताएका छन्। कटान नियन्त्रणको लागि ७० हजार बोरा, जाली, तार, डोरी लगायतका उद्धार सामग्री लिएर तबन्ध मर्मतकार्यमा जुटेको बताए। 

प्रकाशित: १८ असार २०७५ १४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App