१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अध्यक्ष बोहरा मन्त्री थापाकाे हातबाट सम्मानित

काठमाडौं– द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरकी अध्यक्ष सीता बोहरा सम्मानित भएकी छिन्।

महिलाहरुको सामाजिक र आर्थिक अवस्था उकास्न र बालविवाह, बहुविवाह, छाउपडी, घरेलु हिंसा, मदिरा सेवन, जस्ता समाजिक कुरीति विरुद्ध सशक्त अभियान सञ्चालन गरी समाजलाई लैगिंक हिंसामुक्त बनाउन र महिला तथा किशोरीहरुको सम्मानजनक जीवनयापन गर्न उपयुक्त वातावरण तयार गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै साथी संस्थाले अध्यक्ष बोहरालाई राजधानी काठमाडौं बोलाएर सम्मान गरेको हो। 

अध्यक्ष उमा शाहका अनुसार अध्यक्ष बोराहलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, संयुक्त राष्ट्रसंघ सीड कमिटी सदस्य बन्दना राणाले कदरपत्र र मायाको चिनो हस्तान्तरण गरेका थिए। 
 
समारोहमा बाजुराको पिसिअन नेपाल नामक संस्थालाई पनि सम्मान गरिएको थियो।

बोहराको नेतृत्वमा रहेको द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले सरकारको लैङ्गिक हिंसा सम्बन्धी ५ वर्षे रणनीति अन्तर्गत सञ्चालिन महिलाको प्रगतिमा सामाजिक बाधाहरुको सम्बोधन (आस्था) परियोजनामा आबद्ध भएर कञ्चनपुरमा काम गर्दै आएको छ। 

प्रकाशित: १६ असार २०७५ ०५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App